+
+
Shares

रसुवा बाढी : १ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते १२:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवाको भोटेकोशी बाढीमा बेपत्ता १ हजार २५२ जनाको शव फेला परेको छ ।
  • प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम र चितवनमा शव फेला परेको जनाएको छ ।
  • बाढीमा अझै ४ हजार २१६ जना सम्पर्कविहीन छन्, ११ हजार ९९३ जनाको उद्धार गरिएको छ र ५ हजार १३५ जना घाइते भएका छन् ।

१८ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये १ हजार २५२ जनाको शव फेला परेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मध्याह्न १२ बजे जारी गरेको बुलेटिन अनुसार बाढीमा बेपत्ता भएका मध्ये उक्त संख्यामा शव फेला परेको जनाएको हो ।

प्राधिकरणका अनुसार रसुवामा १२७, नुवाकवटमा १७७, धादिङमा ६०, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८ र चितवनमा ३५५ जनाको शव फेला परेको हो ।

प्राधिकरणका अनुसार बाढीमा परी अझै ४ हजार २१६ जना सम्पर्कविहीन छन् भने हालसम्म ११ हजार ९९३ जनाको उद्धार  गरिएको छ ।

बाढीमा परी ५ हजार १३५ जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?