+
+
Shares

भोटेकोशी बाढीपीडितका लागि सोनाम गियरको २० लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते १४:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि सोनाम गियरले प्रधानमन्त्री राहत कोषमा २० लाख रुपैयाँ जम्मा गरेको छ।
  • सोनाम गियरले प्रभावित परिवारलाई खाद्यान्न, आवास, कपडालगायत अत्यावश्यक सामग्री र राहत व्यवस्थापनमा सहयोग गर्ने उद्देश्य जनाएको छ।
  • सोनाम गियरका सञ्चालक टासी छोन्बे नेपालीले विपद्का बेला पीडित नागरिकसँग उभिनु निजी क्षेत्रको साझा दायित्व भएको बताए।

१८ भदौ, काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि सोनाम गियरले २० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

बाढीबाट प्रभावित परिवारहरूलाई खाद्यान्न, आवास, कपडालगायत अत्यावश्यक सामग्री तथा राहत व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले सोनाम गियरले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिसकेको जनाएको छ।

सोनाम गियरका सञ्चालक टासी छोन्बे नेपालीले प्राकृतिक विपत्तिका कारण कठिन परिस्थितिमा परेका नागरिकहरूको सहयोगका लागि निजी क्षेत्रले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने बताए ।

‘विपद्को यस कठिन घडीमा पीडित नागरिकको साथमा उभिनु हामी सबैको साझा दायित्व हो’ उनले भने ‘राज्यले सञ्चालन गरिरहेको राहत तथा उद्धार अभियानलाई सहयोग पुर्‍याउनु निजी क्षेत्रको पनि महत्वपूर्ण जिम्मेवारी हो।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?