+
+
Shares

अपर त्रिशूली-१ को सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार

अपर त्रिशूली-१ को सुरुङबाट एक विदेशी नागरिकको उद्धार भएको छ। 

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २० गते १३:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली सेनाले अपर त्रिशूली–१ को सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार गरेको छ।
  • सेनाले उनको तस्वीर सार्वजनिक गर्दै उद्धार भएको जानकारी दिएको छ।

२० भदौ, काठमाडौं । अपर त्रिशूली-१ को सुरुङबाट एक विदेशी नागरिकको उद्धार भएको छ।  भरखरै नेपाली सेनाले उनको तस्वीर सार्वजनिक गर्दै उद्धार गरेको जानकारी दिएको छ। उनी चिनियाँ नागरिक लुहाइताओ रहेको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए।

उनलाई सुरुङको २२५ मिटरभित्रबाट उद्धार गरिएको हो।

रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा बाढी आएको ११ औं दिनपछि उनको उद्धार भएको हो।

यसअघि हिजो त्रिशूली ३ ए बाट २ जनाको उद्धार भएको थियो।

२१६ मेगावाटको अपर त्रिशूली-१  चिनियाँ ठेकेदारले निर्माणको काम गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?