+
+
Shares

रसुवा बाढीमा १३४४ जनाको शव भेटियो, पाँच हजार सम्पर्कविहीन

अहिलेसम्म ९६ वटा शव मात्रै सनाखत भई आफन्तले बुझेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २० गते १३:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भदौ १० गतेको रसुवा बाढीमा परेर ज्यान गुमाउनेको संख्या १ हजार ३४४ पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
  • प्राधिकरणका अनुसार बाढीपछि ५ हजार जना सम्पर्कविहीन छन्।
  • अहिलेसम्म ९६ वटा शव मात्र सनाखत भई आफन्तले बुझेका छन्, भने ५०१ वटा आंशिक अवशेष भेटिएको छ।

२० भदौ, काठमाडौं । भदौ १० गतेको रसुवा बाढीमा परेर ज्यान गुमाउनेको संख्या १३४४ पुगेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरणअनुसार सम्पर्कविहीन हुनेको संख्या ५ हजार छ।

शनिबार मध्याह्न १२ बजेसम्मको अपडेटअनुसार रसुवामा १६०, नुवाकोटमा १९२, धादिङमा ६७, गोरखामा ७३, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २३०, चितवनमा ३६०, काठमाडौंमा उपचारको क्रममा २ जनाको मृत्यु भएको छ।

अहिलेसम्म ९६ वटा मात्रै शव सनाखत भई आफन्तले बुझेका छन्।

भेटिएकामध्ये २६९ वटा महिलाको, 489 पुरुषको, ५२ बालिकाको, ३३ बालकको शव छ। त्यस्तै आंशिक अवशेष ५०१ वटा भेटिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?