+
+
Shares

संगीतका विभिन्न विधामा ‘राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड २०८३’ वितरण

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २२ गते १२:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ब्रान्डरुट इन्टरटेनमेन्ट प्रालिले काठमाडौंमा चौंथो राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड प्रदान गर्दै नेपाली गीत-संगीत, कला र मनोरञ्जन क्षेत्रका स्रष्टा तथा कलाकारलाई सम्मान गरेको छ ।
  • विशेष सम्मानअन्तर्गत प्रकाशदीप गैरे, सुशिला कट्टेल, एकनारायण भण्डारी, विक्रम बुढाथोकी र पत्रकार विष्णु शर्मालाई सम्मान गरिएको छ ।
  • उत्कृष्ट राष्ट्रिय गीत दानबहादुर कार्कीले पाए भने आधुनिक, लोकसंगीत, लोकपप, देउडा र प्राविधिक विधामा विभिन्न कलाकार पुरस्कृत भए ।

काठमाडौं । नेपाली गीत-संगीत, कला तथा मनोरञ्जन क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टा, कलाकार तथा विभिन्न विधाका प्रतिभालाई चौंथो राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड प्रदान गरिएको छ ।

समारोहमा प्रमुख अतिथिको रुपमा वरिष्ठ गायक प्रकाश गुरुङ थिए । विशिष्ट अतिथिमा प्रतिनिधिसभा सदस्यद्वय प्रकाशचन्द्र परियार र बलिभद्र राना, निर्माण उद्योग परिषद्का प्रतिनिधि, वरिष्ठ गायक आनन्द कार्की लगायत सहभागी थिए ।

सभापतित्व गीतकार तथा संगीतकार सुनिल बस्नेतले गरेका थिए भने सञ्चालन राजेश बर्देवाले गरे । समारोहमा नेपाली गीत-संगीत तथा मनोरञ्जन क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका विभिन्न स्रष्टा तथा कलाकारहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो ।

प्रेरणादायी वक्ता सम्मानबाट प्रकाशदीप गैरे र सुशिला कट्टेल, सदावहार स्रष्टा सम्मानबाट एकनारायण भण्डारी, दशकका स्रष्टा सम्मानबाट विक्रम बुढाथोकी तथा पत्रकार सम्मानबाट विष्णु शर्मा सम्मानित भए । राजेश बर्देवा, शशी शर्मा मजगैयाँ र पारसमणि बराललाई पनि सम्मान गरिएको थियो ।

ब्रान्डरुट इन्टरटेनमेन्ट प्रालिले नेपाल पुलिस क्लबको प्रदर्शनीमार्गस्थित हलमा शुक्रबार समारोह आयोजना गरेको थियो । कसले कुन विधामा अवार्ड पाए ?

उत्कृष्ट राष्ट्रिय गीत- दानबहादुर कार्की
आधुनिक गीत पुरुष- नेहर बुढाथोकी (देउतालाई भाकी के मागूँ)
आधुनिक गीत महिला- सारिका घिमिरे (गुन भुलेऊ २, साइँला दाइ)

आधुनिक गीत संगीतकारतर्फ- ज्ञानेन्द्र गिरी (आऊ एउटा वचन गरौं)
आधुनिक गीतको गीतकार- रमिला अधिकारी (आऊ एउटा वचन गरौं)
आधुनिक गीततर्फ अभिनेता- अंश बर्मा (सिन्दूर)
आधुनिक गीततर्फ अभिनेत्री- उषा उप्रेती (मुटु पोल्ने माया)

आधुनिक गीततर्फ नवअभिनेता- रामबी पुन (तिमीलाई हेरि हेरि)
आधुनिक गीततर्फ नवअभिनेत्री- खुशी न्यौपाने (मलाई नरुवाऊ)
म्युजिक भिडियो निर्देशन- विकास प्रसाइँ (पागल दुनियाँ)
छायांकार- वीरन्द्र परियार (तेरो प्यार गोलिमार)
संगीत संयोजक- सुदीप सागर (मनमाया)
भिडियो सम्पादन- लक्ष्मण चौहान (टुक्राएर मेरो माया)

लोकसंगीत पुरुषतर्फ युगल गायन- प्रकाश दूतराज (मनमाया)
लोकसंगीत महिलातर्फ युगल गायन- सुनितामी परियार (धारा तिरिक्कै)
लोकसंगीत युगल गीत लेखन- रोशन सिंह (एकै झल्को)
लोकसंगीत युगल गीत सिर्जना- नन्दु परियार (पोखरा पृथ्वी चोकैमा)

लोकसंगीत तथा युगल गीत अभिनेता- सागर लम्साल बले (पोखरा पृथ्वीचोकैमा)
लोकसंगीत तथा युगल गीत अभिनेत्री- आश्मा विश्वकर्मा (चोली फाट्यो मायाको)

लोक-पप गायक- टंक तिमल्सिना (मनमाया)
लोकपप गायिका- अञ्जिला रेग्मी (नपरा नक्कला)
लोकपप अभिनेता- चक्र बम (राजा साब)
लोकपप अभिनेत्री- सनिशा भट्टराई (किन होला माया)
लोकपप नवअभिनेता- रेशम नेप्किङ (पहिलो नम्बरमा)
लोकपप नवअभिनेत्री- सोना बज्राचार्य (भिज्यो कपाल)

उत्कृष्ट युगल गायन विधामा ‘भारी बिसाउने’ विधाबाट उत्कृष्ट राष्ट्रिय गीत र दानबहादुर कार्कीले ‘अब बन्छ मेरो देश’बाट अवार्ड प्राप्त गरे ।

उत्कृष्ट देउडा गायक- रोहित विष्ट (काठमाडौं बस्याँकी)
उत्कृष्ट देउडा गायिका- रेखा जोशी (मनको कुरा)
उत्कृष्ट मिक्सिङ एन्ड मास्टरिङ- नरेश बीबीसी (नलाऊ माया मनले मानेन)
उत्कृष्ट मेकअप आर्टिस्ट- पुनम चौधरी (कलियुगकी राधा)

उत्कृष्ट जुरी अवार्ड- पुरु भण्डारी (कसैको हुन दिन्न), अनिल पौडेल (माया आउने बस) र उमाशंकर जोशी (पिरतीको हल्ला)ले प्राप्त गरे ।

उत्कृष्ट नवप्रतिभा अभिनेता- सचिन खड्का (मञ्जुर सर्त मायामा)
उत्कृष्ट उदियमान अभिनेत्री- दीपा पनेरु (साइँलो)
उत्कृष्ट प्रोत्साहन अवार्ड- विशाल खड्का (चन्द्र जस्तो मुहार)
उत्कृष्ट उदीयमान गायिका- रेजिना खड्का (मन पराएरै)
उत्कृष्ट उदीयमान अभिनेता- राजन आले (मलाई नरुवाऊ)
उत्कृष्ट जुरी अवार्ड- सृष्टिना क्षेत्री (चाहिँदैन सम्पत्ति)

उत्कृष्ट सिर्जनात्मक छायाँकार- सुनिल भण्डारी (मनै पराएर)
उत्कृष्ट सिर्जनात्मक संगीत संयोजक- विशाल निरौला (मुटु पोल्ने माया)
उत्कृष्ट नवप्रतिभा संगीत संयोजक- आकाश नेपाल (शीरमा शीरबन्दी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?