+
+
Shares

भोटेकोशी बाढी प्रभावितको लागि ‘मिस कस्मो’ को सहायता

पुनःस्थापनामा पनि सघाउने

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २३ गते ११:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मिस कस्मोले भोटेकोशी बाढी प्रभावितका लागि राहतस्वरूप १० हजार अमेरिकी डलर द हिडन ट्रेजरलाई प्रदान गरेको छ।
  • द हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले रकम तत्काल कोषमा नजम्मा गरी बालबालिकाको शिक्षा र स्वास्थ्यमा दीर्घकालीन रूपमा खर्च गर्ने बताए।
  • कंशाकारका अनुसार प्रभावित क्षेत्रमा स्कुल, हेल्थ पोस्ट र घर निर्माणबारे परियोजना बनाएर काम गरिनेछ, र प्रभावकारी भए थप सहयोग आउनेछ।

काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस कस्मो’ले भोटेकोशी बाढीबाट प्रभावितका लागि राहतस्वरूप १० हजार अमेरिकी डलर प्रदान गरेको छ ।

शनिबार भियतनाममा आयोजित मिस वर्ल्डको फिनालेका क्रममा कस्मो इन्टरनेसनलका प्रतिनिधिले मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरलाई उक्त रकम प्रदान गरेका हुन् ।

हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले उक्त रकम बुझेका छन् । राहतस्वरूप प्राप्त रकम तत्काल प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने वा राहत सामग्री वितरणमा खर्च गर्ने योजना नरहेको कंशाकारले बताए ।

उनका अनुसार दीर्घकालीन योजना बनाएर बाढी प्रभावित क्षेत्रका बालबालिकाको शिक्षा र स्वास्थ्यमा उक्त रकम खर्च गरिनेछ ।

‘हामी प्रभावित क्षेत्रको शिक्षामा खर्च गर्न चाहन्छौं, जुन दीर्घकालीन होस्,’ कंशाकारले भने, ‘परियोजनाकै रूपमा यसलाई अघि बढाउने हाम्रो विचार छ ।’

‘त्यो प्रोजेक्ट भनेको स्कुल जाने बालबालिकालाई सहयोग गर्ने खालको हुन सक्छ । हेल्थ पोस्ट र घरहरू बनाउने हुन सक्छ,’ कंशाकारले भने, ‘यसका लागि हामी प्रभावित क्षेत्रको रेकी (पहिचान) गर्नेछौं ।’

परियोजना प्रभावकारी भए मिस कस्मोले थप रकम सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको कंशाकारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?