News Summary
Generated by OK AI. Editorially reviewed.- वर्ल्डलिंक कम्युनिकेसन्सले बाढी तथा पहिरो प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।
- वर्ल्डलिंकका सीईओ केशव नेपालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन्।
- कम्पनीले बाढीले आफ्नै नेटवर्क र पूर्वाधारमा करिब ३ करोड ५० लाख रुपैयाँ क्षति पुर्याए पनि तीन दिनभित्रै सेवा पुनर्स्थापना गरेको जनाएको छ।
२३ भदौ, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले बाढी तथा पहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेको हो । वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव नेपालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको कम्पनीले जनाएको छ ।
बाढीबाट वर्ल्डलिंकको नेटवर्क तथा पूर्वाधारमा समेत क्षति पुगेको कम्पनीले जनाएको छ । प्रारम्भिक विवरणअनुसार कम्पनीको करिब ३ करोड ५० लाख रुपैयाँ बराबरको प्रत्यक्ष क्षति भएको छ ।
आफ्नै पूर्वाधारमा क्षति पुगे पनि कम्पनीले प्रभावित क्षेत्रमा इन्टरनेट सेवा पुनर्स्थापनालाई प्राथमिकता दिएको जनाएको छ । बाढी आएको तीन दिनभित्रै प्रभावित नेटवर्कको मर्मत तथा पुनर्स्थापना गरी सेवा सञ्चालनमा ल्याइएको कम्पनीको दाबी छ ।
सडक, विद्युत् तथा अन्य पूर्वाधारमा समेत समस्या उत्पन्न भएको अवस्थामा वर्ल्डलिंकका प्राविधिक तथा सम्बन्धित टोलीहरू प्रभावित नेटवर्कको मर्मत तथा पुनर्स्थापनामा खटिएका थिए ।
कम्पनीले विपद्को समयमा इन्टरनेट सेवा सूचना, सञ्चार, राहत तथा आपत्कालीन समन्वयका लागि महत्वपूर्ण माध्यम बन्ने भएकाले सेवा निरन्तर राख्नुलाई प्राथमिकतामा राखिएको जनाएको छ ।
प्रतिक्रिया 4