+
+
Shares

रास्वपाकी सचेतक धितालको प्रश्न : आत्महत्या रोकथाम प्रयासमा नेपाल सरकार कहाँ छ ?

राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले आत्महत्या रोकथाममा सरकारले काम गर्नुपर्ने बताएकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २६ गते १४:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले प्रतिनिधिसभामा आत्महत्या रोकथाममा सरकारले काम गर्नुपर्ने बताइन् ।
  • उनले १० सेप्टेम्बरको विश्व आत्महत्या रोकथाम दिवस सम्झँदै नेपालले अभियानमा कहाँ छ भनेर आफैँलाई सोध्नुपर्ने बताइन् ।
  • उनले स्वास्थ्य सेवा विभागको तथ्यांक उद्धृत गर्दै दैनिक २० जनाले आत्महत्या गर्ने र मनोपरामर्शमा चनाखो हुनुपर्ने बताइन् ।

२६ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले आत्महत्या रोकथाममा सरकारले काम गर्नुपर्ने बताएकी छन् ।

उनले प्रतिनिधिसभाको बैठकमा बोल्दै यस्तो बताएकी हुन् ।

‘१० सेप्टेम्बरमा विश्वले आत्महत्या रोकथाम दिवस मनायो । तर यो अभियानमा नेपाल कहाँ छ ? आफैँलाई सोधौं’ उनले भनिन् ।

एकै हप्तामा तीन जना आत्मदाहमा होमिएको उनले बताइन् ।

स्वास्थ्य सेवा विभागको तथ्यांक उद्धृत गर्दै उनले दैनिक २० जनाले आत्महत्या गर्ने गरेको बताइन् । यसको रोकथाममा के कति काम गरियो भनेर समीक्षा गर्न आवश्यक रहेको बताइन् ।

मनोपरामर्शमा चनाखो बन्न आवश्यक रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?