+
+
Shares

ऐतिहासिक गीत ‘आँधी खोला’ को नयाँ भर्सन सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३ गते २०:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कथावस्तु समेटेर ‘आँधीखोला उर्लेर आयो’ गीतको नयाँ संस्करण आशिष अविरल र कल्पना देवकोटाको स्वरमा सार्वजनिक भएको छ।
  • गीतमा शब्द र संगीत लक्ष्मण पौडेलको छ भने संगीत संयोजन आशिष अविरलले गरेका छन्।
  • पहिलो संस्करणमा लक्ष्मण पौडेल, प्रेम बराल, राजु परियार, बिमाकुमारी दुरा र विष्णु बराल जोडिएका थिए।

श्रवणकुमारले मातापितालाई खर्पनमा राखेर तीर्थ गराउने क्रममा तिर्खा लाग्छ । मातापिताको लागि उनी पिउने पानी खोज्दै हिँड्छन् । सोही क्रममा शिकार खेल्न आएका दशरथले श्रवणकुमारले पानी निकाल्दा माटोको घडाबाट निस्केको आवाजलाई जनावरको जस्तो ठानेर वाण चलाउँदा श्रवणकुमार घाइते हुन्छन् ।

दशरथ घाइते श्रवणकुमारलाई बोकेर दृष्टिविहिन (श्रवणकुमारका आमाबुवा)को अगाडि गएर सबै कुरा सुनाउँछन् । तिनै दृष्टिविहिनको आँसुले आँधी खोला उर्लेर बग्यो र श्रापले राजा दशरथको पनि पुत्रशोकमै प्राण गयो भन्ने कहावत छ ।

यो कहावतलाई समेट्दै कुनैबेलाको चर्चित गीत ‘आँधीखोला उर्लेर आयो’ को नयाँ संस्करण सार्वजनिक भएको छ । बाजागाजाको संगीत संयोजनसहित दर्शकमाझ आएको गीतमा आशिष अविरल र कल्पना देवकोटाको स्वर छ । शब्द, संगीत लक्ष्मण पौडेलको छ ।

अविरलको संगीत संयोजन छ । पहिलो संस्करणमा पौडेल, प्रेम बराल, राजु परियार, बिमाकुमारी दूरा, विष्णु बराल जोडिएका थिए । दोस्रो संस्करणमा लक्ष्मण, कल्पना र अमृत ल्वागुन जोडिएका थिए ।

गायिका देवकोटा र गायक सेन्चुरीसँगको सहकार्य रहेको अघिल्लो गीत ‘मलाई हेरेको हेर्‍यै’ पनि अहिले चर्चामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?