+
+
Shares

आगजनी भएका बसका चालकको अवस्था चिन्ताजनक

काठमाडौंको त्रिपुरेश्वरमा बस आगलागीमा परी घाइते भएका चालको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ५ गते १४:११

५ असोज, काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बस आगलागीमा परी घाइते भएका चालको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन्।

कीर्तिपुर अस्पताल (बर्न अस्पताल)का वरिष्ठ प्लाष्टिक सर्जन डा. शंकरमान राईका अनुसार चालकको शरीरको ९० प्रतिशत भाग जलेको छ। ‘उहाँको स्वास्थ्य अवस्था गम्भीर छ‘ उनले भने।

घाइते चालकलाई दिउँसो करिब १ बजे अस्पताल पुर्‍याइएको थियो।

सोमबार मध्याह्न त्रिपुरेश्वरचोकको बस स्टपमा रिद्धिसिद्धि यातायातको बसमा भीषण आगलागी भएको थियो। आगलागी भएको बस नम्बर बा ५ ख ४२७४ हो ।

बसका चालक काभ्रे घर भएका २५ वर्षीय दावा लामा हुन्। चालक आफैँले बसमा आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?