News Summary
Generated by OK AI. Editorially reviewed.- ‘सुरताल म्युजिकल टूर २०८३’ असोज १४ मा तेह्रथुमबाट सुरु भई देशका ७ वटै प्रदेशका १३ प्रमुख शहरमा आयोजना हुने भएको छ।
- टूरमा प्रकाश सपुत र भाका नेपाल, प्रमोद र परम्परा ब्याण्ड तथा फिरन्ते ब्याण्डले लाइभ प्रस्तुति दिने जनाइएको छ।
- टूरबाट संकलन हुने रकमको २० प्रतिशत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ।
काठमाडौं । ‘प्रकाश सपुत र भाका नेपाल’, ‘प्रमोद र परम्परा ब्याण्ड’ तथा ‘फिरन्ते ब्याण्ड’ले सांगीतिक टुर गर्ने भएका छन् । ‘सुरताल म्युजिकल टूर २०८३’ टूर देशका ७ वटै प्रदेशका १३ प्रमुख शहरमा आयोजना हुने भएको हो ।
१४ असोजमा तेह्रथुमबाट सुरु हुने यस सांगीतिक यात्रा सुरताल इभेन्ट एण्ड एम्युजमेन्ट प्रालिको आयोजनामा हुन लागेको हो । टूरमा तीनै ब्यान्डले लाइभ प्रस्तुति दिने जनाइएको छ ।
यो टूरबाट संकलन हुने रकमको २० प्रतिशत प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा जम्मा गरिने भएको छ । पूर्वनिर्धारित टूर तालिका भोेटेकोशी बाढीपछि प्रभावित भएकाले तेह्रथुमबाट सुरु हुन लागेको हो ।
सुरताल इभेन्टका अध्यक्ष प्रशान्त सुनारले यो सांगीतिक अभियान केवल मनोरञ्जनमा सीमित नभई विपद्को समयमा नागरिकसँग एकाकार हुने र नेपाली मौलिक संगीतलाई देशका कुना-काप्चासम्म पुर्याउने साझा संकल्प रहेको बताए ।
उनका अनुसार, धनकुटाको हिले, संखुवासभाको खाँदबारी, महोत्तरीको बर्दिबास, महेन्द्रनगर, धनगढी, नेपालगञ्ज, सुर्खेत, तुलसीपुर, बुटवल र चितवन, पोखरा र धरानमा पनि कार्यक्रम हुनेछन् ।
प्रतिक्रिया 4