News Summary
Generated by OK AI. Editorially reviewed.- सञ्जय लीला भन्साली निर्देशित ‘लभ एन्ड वार’बाट रणवीर कपुरको फर्स्टलुक सार्वजनिक भएको छ।
- भन्साली प्रोडक्सन्सले इन्स्टाग्राममार्फत पोस्टर सार्वजनिक गर्दै फिल्म आगामी २१ जनवरी २०२७ मा प्रदर्शन हुने जनाएको छ।
- फिल्ममा रणवीर, आलिया भट्ट र विक्की कौशल पहिलोपटक भन्सालीसँगै काम गर्दैछन्।
मुम्बई । सञ्जयलीला भन्साली निर्देशित प्रतीक्षित बलिउड फिल्म ‘लभ एन्ड वार’ बाट अभिनेता रणवीर कपुरको फर्स्टलुक सार्वजनिक भएको छ । महिनौंको प्रतीक्षापछि फिल्ममा रणवीरको पात्रको पहिलो आधिकारिक झलक सार्वजनिक गरिएको हो ।
भन्साली प्रोडक्सन्सले इन्स्टाग्राममार्फत फिल्मको पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा रणवीर पुरानो शैलीको कार (भिन्टेज कार) चलाइरहेको अवस्थामा देखिएका छन् । टी-सर्ट र चस्मा लगाएका उनले कपाल निकै छोटो बनाएका छन् । उनको शरीरमा चोटपटकका निसान देखिन्छन् भने देब्रे हात रगताम्य छ ।
पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले लेखेको छ, ‘वो रुतबा, वो रौब, वो जुनून ।’
फिल्ममा रणवीरसँगै मुख्य भूमिकामा रहेका विक्की कौशल र आलिया भट्टले पनि आआफ्ना सामाजिक सञ्जाल अकाउन्टमा उनको फर्स्टलुक सेयर गरेका छन् ।
विक्कीले पोस्टर सेयर गर्दै लेखेका छन्, ‘सुरु गरौं । आरके… सञ्जय लीला भन्सालीको लभ एन्ड वार २१ जनवरी २०२७ मा । सिनेमा हलमा भेटौंला ।’
उनको पोस्टसँगै फिल्मको प्रदर्शन मितिसमेत पुष्टि भएको छ ।
‘लभ एन्ड वार’मा रणवीर, आलिया र विक्कीले पहिलोपटक भन्सालीको निर्देशनमा एकसाथ काम गरेका छन् । यो फिल्ममार्फत रणवीर र भन्साली झन्डै दुई दशकपछि पुनः सहकार्य गर्दै छन् । उनीहरूले यसअघि ‘सावरिया’मा सँगै काम गरेका थिए ।
त्यस्तै, ‘गंगुबाई काठियावाडी’पछि आलियाले भन्सालीसँग पुनः सहकार्य गरेकी छन् ।
रणवीर र विक्कीले यसअघि राजकुमार हिरानी निर्देशित ‘सञ्जु’मा सँगै अभिनय गरेका थिए । आलिया र विक्कीले पनि मेघना गुलजार निर्देशित ‘राजी’मा एकसाथ काम गरिसकेका छन् ।
ऐतिहासिक कालखण्डको पृष्ठभूमिमा आधारित फिल्ममा रणवीर, आलिया र विक्कीका अतिरिक्त सुप्रिया पाठकको पनि अभिनय छ । यसअघि फिल्मको प्रदर्शन मिति दुईपटक परिवर्तन गरिएको थियो ।
अब भने फिल्म आगामी २१ जनवरी २०२७ मा प्रदर्शन हुने तय भएको छ । ‘लभ एन्ड वार’ उक्त मितिमा हिन्दी, तमिल र तेलुगु भाषामा विश्वव्यापी रूपमा प्रदर्शन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रिया 4