News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सांसद रञ्जु दर्शनाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियन्त्रणमा लिँदा कानुनी प्रक्रिया र प्रमाण अनिवार्य हुने बताएकी छन्।
- दर्शनाले कानुनको शासनमा अधिकार प्रयोग गर्दा विधि, प्रक्रिया र प्रमाणको पालना गर्नुपर्ने भन्दै जबराको सुरक्षा सतर्कता बढाउन आग्रह गरेकी छन्।
- प्रहरीले जबरालाई शनिबार मध्यरात नियन्त्रणमा लिएर आइतबार अपराह्न आफन्तको जिम्मा लगाएको थियो।
- प्रहरीको शैलीको कानुन व्यवसायी, राजनीतिक दलका नेता र मानव अधिकार आयोगले आलोचना गरेका छन्।
१२ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रञ्जु दर्शनाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाबारे प्रश्न उठाएकी छन् ।
दर्शनाले सोमबार फेसबुकमार्फत कसुर देखिए पक्राउ गर्न पाइने भए पनि पक्राउ गर्ने क्रममा कानुनी प्रक्रिया र प्रमाणको आधार महत्वपूर्ण हुने बताएकी हुन् ।
‘कसुर देखिए पक्राउ गर्न पाइन्छ भनेर कानुनमै व्यवस्था छ । तर पक्राउ गर्दा पनि सुर र ताल मिल्नैपर्छ,’ उनले लेखेकी छन्, ‘कसुर अदृश्य भए पनि कानुनले प्रमाण माग्छ । आरोप मात्र पर्याप्त हुँदैन; कसुर पुष्टि गर्ने आधार र प्रमाण पनि चाहिन्छ ।’
उनले कानुनको शासनको मूल मर्म अधिकारको प्रयोग गर्दा विधि, प्रक्रिया र प्रमाणको पालना गर्नु रहेको उल्लेख गरेकी छन् ।
‘कानुनको शासन भनेकै यही हो । अधिकार प्रयोग गर्न पाइन्छ, तर विधि र प्रमाणबिना होइन,’ दर्शनाले भनेकी छन् ।
दर्शनाले आफ्नो स्टाटसमा राणालाई ‘सुरक्षित स्थानमा केही समयको स्थानान्तरण गर्न गरिएको पक्राउ’ भनेर उल्लेख गर्दै उनको सुरक्षाका लागि सतर्कता बढाउन पनि आग्रह गरेकी छन् । साथै, कुनै पनि ‘जेनेरेशन’ले उनलाई धम्की दिन नसक्ने अवस्था बनाउनुपर्ने उनको भनाइ छ ।
पूर्वप्रधानन्यायाधीश जबरालाई नेपाल प्रहरीको अपराधन अनुसन्धान कार्यालय टेकुले शनिबार मध्यरात नियन्त्रणमा लिएको थियो । मानव अधिकार आयोगको टोलीलाई समेत प्रहरीले भेट्न दिएको दिएन । आइतबार दिनभरजस्तो कार्यालयमा राखेर अपराह्नतिर आफन्तको जिम्मा लगाइएको थियो ।
उनलाई नियन्त्रणमा लिनुको कारणबारे प्रहरीले ‘सुरक्षा थ्रेट’ देखिएपछि सुरक्षित स्थानमा राखिएको तर्क गरेको थियो । प्रहरीको यो शैलीको कानुन व्यवसायी र राजनीतिक दलका नेताहरुले आलोचना गर्दै आएका छन् । मानव अधिकार आयोगले समेत विज्ञप्ति जारी गरेको प्रहरीको आलोचना गरेको थियो ।
प्रतिक्रिया 4