+
+
Shares

औद्योगिक ब्याट्री ऊर्जा भण्डारणबारे इन्जिनियरहरूलाई तालिम

तालिममा औद्योगिक सोलार पीभी तथा बीइएससको डिजाइन, जडान, सञ्चालन, सुरक्षा र मर्मतसम्भारबारे व्यावहारिक प्रशिक्षण दिइएको थियो।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १५ गते १३:४७

१५ असोज, काठमाडौं । बाढी, पहिरोलगायत जलवायुजन्य विपद्का कारण विद्युत् आपूर्तिमा अवरोध बढिरहेका बेला नेपालमा औद्योगिक ब्याट्री ऊर्जा भण्डारण प्रणालीबारे इन्जिनियरहरूलाई तालिम दिइएको छ ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र ग्रिड रेजिलेन्स थ्रु इन्टेलिजेन्ट फोटोभोल्टिक स्टोरेज–२ को सहकार्यमा भएको पाँचदिने तालिममा २५ भन्दा बढी सार्वजनिक तथा निजी संस्थाका ४५ जना इन्जिनियर सहभागी थिए।

तालिममा औद्योगिक सोलार पीभी तथा बीइएससको डिजाइन, जडान, सञ्चालन, सुरक्षा र मर्मतसम्भारबारे व्यावहारिक प्रशिक्षण दिइएको थियो।

विद्युत् ग्रिडमा अवरोध आउँदा वैकल्पिक ऊर्जा उपलब्ध गराई उद्योग तथा अत्यावश्यक सेवाको निरन्तरता कायम गर्न उपयोगी हुने आयोजकको भनाइ छ। तालिमले नेपालमा ऊर्जा भण्डारण प्रविधिको विस्तारका लागि आवश्यक दक्ष जनशक्ति विकासमा सहयोग पुग्ने जनाइएको छ

तालिममा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले नेपालको स्वच्छ ऊर्जा रूपान्तरणसँगै औद्योगिक क्षेत्रको उत्थानशीलता बढाउन ऊर्जा भण्डारणको विस्तार आवश्यक रहेको बताए।

सौर्य एवं वायु ऊर्जा प्रमुख शुभा लक्ष्मी श्रेष्ठले ऊर्जा भण्डारण प्रणाली विस्तारका लागि प्रविधिसँगै दक्ष जनशक्ति र संस्थागत क्षमता पनि आवश्यक रहेको बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?