+
+
Shares

महोत्तरीमा युवक हत्या प्रकरण : तीन जनालाई पुर्पक्षमा कारागार चलान गर्न आदेश

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते ९:३९

२३ असोज, जनकपुरधाम । महोत्तरीमा विवेक सरदार हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले तीन जनालाई पुर्पक्ष र एक जनालाई धरौटीमा छाड्ना आदेश दिएको छ ।

घटना पश्चात पक्राउ परेकाहरू बलवा नगरपालिका – ७ बनौटाका अशोक ठाकुर, उनका बुहारी सोनु ठाकुर र ज्वाइँ महोत्तरी गाउँपालिका ५ का सियाराम ठाकुरलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

यस्तै अशोककी श्रीमती रामकली देवीलाई २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

मृतक विवेकका बुबा अशोककुमार बातर सरदारको जाहेरीले कर्तव्यज्यान मुद्दामा न्यायाधीश संजिव पोखरेलको इजलासले यो आदेश गरेको हो ।

आदेश अनुसार तीनै जना र आदेश बमोजिम धरौटी बुझाउन नसकेपछि रामकली देवीलाई समेत गरी चारै जनालाई बिहीबार साँझ कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी विश्वम्भरनाथ साहले जानकारी दिए ।

गत २६ भदौमा महोत्तरीको बलवा नगरपालिका – ७ बनौटाका अशोक ठाकुरको घरको शौचालयको सेफ्टी ट्यांकीमा महोत्तरीकै भंगहा नगरपालिका ६ का २४ वर्षीय विवेक सरदारको शव टुक्राटुक्रा अवस्थामा फेला परेको थियो ।

महोत्तरी प्रहरीको प्रारम्भिक अनुसन्धानमा अशोक ठाकुरकी बुहारी सोनु ठाकुरसँग प्रेम सम्बन्ध रहेको थाहा पाएपछि १५ भदौ मध्याह्न छलेर घरमै बोलाएर विवेकको विभत्स हत्या भएको थियो ।

हत्या पश्चात शवलाई ९ टुक्रा गरी सेफ्टी ट्यांकीमा राखेर माथिबाट पलास्टर गरिएको थियो । खोजविनको क्रममा ११ दिनपछि मात्र उक्त रहस्य खुलेको थियो । योजनाबद्ध रूपमा घटना गर्न विदेशमा रहेका सोनी ठाकुरकी श्रीमान जितेन्द्र ठाकुर गुपचुप विदेशबाट आएका थिए । घटनापछि उनी फरार अवस्थामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?