+
+
Shares

लालबकैया पुल निर्माण अन्तिम चरणमा

पूर्वाधार विकास मन्त्रालयका अनुसार पुलका सबै ६ स्पान निर्माण सम्पन्न भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते १३:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रौतहटको लालबकैया नदीमाथिको पुलमा सबै ६ स्पान निर्माण सकिएर फुटपाथ, रेलिङ र एक्स्पान्सन ज्वाइन्टको काम पनि पूरा भएको छ ।
  • २०७१ सालमा ठेक्का सम्झौता भएको यो पुल समयमै नसकेपछि निर्माण कम्पनीलाई कालोसूचीमा राखेर २०७९ सालमा पुनः ठेक्का आह्वान गरिएको थियो ।
  • मन्त्री सुनिल लम्सालका अनुसार पुरानो सबस्ट्रक्चरको जिम्मेवारी स्पष्ट पारेर बजेट व्यवस्थापन गरेपछि अहिले एप्रोच रोड र रिभर ट्रेनिङको काम जारी छ ।

२३ असोज, काठमाडौं । रौतहट लालबकैया नदीमाथि पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार पुलका सबै ६ स्पान निर्माण सम्पन्न भएको छ । साथै अहिले फुटपाथ, रेलिङ र एक्स्पान्सन ज्वाइन्टको कामसमेत सकिएको मन्त्री सुनिल लम्सालले जानकारी दिएका छन् ।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७१ सालमा यस पुलको ठेक्का सम्झौता भएको थियो । निर्माणमा ढिलाइ गरेसँगै निर्माण कम्पनीलाई कालोसूचीमा राखेर बाँकी कामका लागि सरकारले २०७९ सालमा पुन: ठेक्का आह्वान गरिएको थियो ।

नयाँ ठेक्का सम्झौता भएको एक वर्षसम्म पनि निर्माण कार्य अघि बढ्न सकेको थिएन । पुरानो ठेक्का अन्तर्गत निर्माण गरिएको सबस्ट्रक्चरको जिम्मेवारी स्पष्ट नहुने र पर्याप्त बजेट विनियोजन नभएका कारण निर्माण ढिला भएको मन्त्री लम्सालले बताए ।

समस्या पहिचानपछि डिभिजन कार्यालय मार्फत पुरानो निर्माण कार्यको जिम्मेवारी स्पष्ट पारिएको र आवश्यक बजेटको पूर्ण व्यवस्थापन गरेर निर्माणलाई गति दिइएको उनले बताए ।

अहिले एप्रोच रोड र रिभर ट्रेनिङको काम जारी रहेको मन्त्री लम्साललाई उद्धृत गर्दै उनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?