+
+
Shares

राजनीतिमा साधारण जनताको पनि पहुँच हुनुपर्छ : सांसद अन्सारी

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २४ गते १३:५०

२४ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रहबर अन्सारीले राजनीतिमा साधारण जनताको पनि पहुँच हुनुपर्ने बताएका छन् ।

रास्वपाका सांसदहरू “हामी आउदैं छौ’’ अनियान अन्तर्गत गाउँ गाउँमा छन् । यअी अभियान अन्तर्गत सुनसरीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति समेत रहेका अन्सारीले आम नागरिक र साधारण जनताको राजनीतिमा पहुँच हुनुपर्ने बताएका हुन् । ‘हामीलाई भारी मान्छे चाहिएको छैन, हामीलाई आममान्छे चाहिएको छ’ उनले भनेका छन्, ‘हामी साधारण मान्छेहरू चुनाव लड्ने समय आएको छ ।’

पार्टीमा क्यान्डिडेट क्लब गठन गरी नेतृत्व प्रशिक्षण लिएर मात्र अगाडि बढ्नुपर्ने र टिकट वितरण वा चुनाव लड्ने प्रक्रियामा कुनै किसिमको टिकट लटरी वा सोर्स–फोर्स नभई क्षमता र सही नियत भएको व्यक्तिलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।

जनतालाई सक्षम, योग्य र सही विचार तथा डीएन बोकेको जनप्रतिनिधि छनौट गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?