News Summary
Generated by OK AI. Editorially reviewed.- चीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्माले रसुवागढी पुल, स्याफ्रुबेंसी–रसुवागढी सडक, अरनिको राजमार्ग र काठमाडौं चक्रपथलाई प्राथमिकतामा राख्ने बताएका छन्।
- उनले केरुङ–रसुवागढी–चिलिमे प्रसारण लाइन, किमाथाङ्का सडक र प्रशोधित राँगाको मासु, अमिलो फलफूल, घाँस साइलेज, औद्योगिक पार्क र विशेष आर्थिक क्षेत्रको प्रगति अनुगमन गर्ने प्रतिबद्धता जनाएका छन्।
- शर्माको संसदीय सुनुवाइ सकिएको छ, तर समितिले अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्न बाँकी छ।
२६ असोज, काठमाडौं । चीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्माले रसुवागढी पुल, स्याफ्रुबेंसी–रसुवागढी सडक, अरनिको राजमार्ग र काठमाडौं चक्रपथलाई अगाडि बढाउने विषयलाई प्राथमिकतामा राखेका छन्।
साथै केरुङ-रसुवागढी-चिलिमे प्रसारण लाइन, किमाथाङ्का सडक आदिमा विशेष ध्यान दिने उनको प्रतिबद्धता छ ।
शर्माले संसदीय सुनुवाइका क्रममा यस्तो बताएका हुन् ।
कार्ययोजना प्रस्तुत गर्दै शर्माले प्राथमिकतामा रहेका परियोजनाहरूमा रसुवागढी पुल, स्याफ्रुबेंसी–रसुवागढी सडक, अरनिको राजमार्ग, काठमाडौं चक्रपथ, केरुङ– रसुवागढी–चिलिमे प्रसारण लाइन, किमाथाङ्का सडक आदि रहेको बताएका हुन् ।
प्रशोधित राँगाको मासु, अमिलो फलफूल, घाँस साइलेज, औद्योगिक पार्क, विशेष आर्थिक क्षेत्र आदिमा प्रगति अनुगमन गर्ने पनि उनले बताएका छन ।
शर्माको सुनुवाइ सकिएको छ । तर सुनुवाइ समितिले अनुमोदन गर्ने÷नगर्ने निर्णय लिन बाँकी छ ।
प्रतिक्रिया 4