News Summary
Generated by OK AI. Editorially reviewed.- चीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्माले १४ वटा परम्परागत सीमा व्यापार बिन्दुको नियमित सञ्चालन र सुधारका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
- उनले नेपाल–चीन पारवहन यातायात सम्झौताअन्तर्गत चार समुद्री बन्दरगाह र तीन आन्तरिक सुख्खा बन्दरगाहको अधिकतम उपयोग गर्ने योजना सुनाएका छन्।
- शर्माले ल्हासास्थित महावाणिज्य दूतावासलाई सीमा सञ्चालन, कैलाश मानसरोवर तीर्थयात्रा, व्यापार र नेपाली नागरिकको हितको केन्द्र बनाउने बताएका छन्।
२६ असोज, काठमाडौं । चीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्माले चीनसँगको १४ वटा सीमा व्यापार बिन्दुहरूको नियमित सञ्चालनका निम्ति पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
अहिले शर्माको संसदीय सुनुवाइ जारी छ ।
कनेक्टिभिटी, पारवहन र सीमा सहयोग सम्बन्धमा प्रतिबद्धता जनाउँदै उनले भनेका छन्, ‘१४ वटा परम्परागत सीमा व्यापार बिन्दुहरूको नियमित सञ्चालन र सुधार गर्न पहल गर्नेछु ।’
नेपाल–चीन पारवहन यातायात सम्झौताअन्तर्गत चार समुद्री बन्दरगाह र तीन आन्तरिक सुख्खा बन्दरगाहको अधिकतम उपयोग गर्ने योजना सुनाए ।
साथै, केरुङ रेल कनेक्टिभिटी विस्तारको सम्भावना नजिकबाट अनुगमन, ल्हासा, सीमावर्ती समुदाय र पारवहन सहयोग लगायतका विषय उनले आफ्नो प्रतिबद्धतामा उल्लेख गरेका छन् ।
ल्हासास्थित महावाणिज्य दूतावासलाई सीमा सञ्चालन, कैलाश मानसरोवर तीर्थयात्रा, व्यापार र नेपाली नागरिकको हितको केन्द्र बनाउने पनि उनले बताए ।
कन्सुलर क्षमता सुदृढीकरण र आपत्कालीन सहायता व्यवस्थित गर्ने पनि उल्लेख गरे ।
प्रतिक्रिया 4