+
+
Shares

‘आ बाट आमा २’ को ट्रेलर : पल कृष्ण र मलिका राधा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते ११:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • असोज ३० गते प्रदर्शनमा आउने फिल्म ‘आ बाट आमा २’ को ४ मिनेट ५९ सेकेन्ड लामो ट्रेलर सोमबार सार्वजनिक भएको छ।

काठमाडौं । असोज ३० गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले सोमबार सार्वजनिक गरेको ट्रेलरमा फिल्मका मुख्य सबै पात्र अटाएका छन् ।

चन्द्र पन्तको निर्देशनमा बनेको फिल्मको ४ मिनेट ५९ सेकेन्ड लामो ट्रेलरमा प्रेम, संघर्ष, बियोग, शंका र बिछिप्तता समावेश छ । आमाले छोराहरूलाई गर्ने माया र छोराहरूले आमालाई गर्ने माया र वियोगको सेरोफेरोमा ट्रेलर केन्द्रित छ ।

ट्रेलरले दर्शकको भावनात्मक पक्षलाई छुने प्रयास गरेको छ । बियोगान्त कथा मन पराउने दर्शकलाई लक्षित गरेर सिनेमा निर्माण भएको ट्रेलरले प्रस्ट पारेको छ ।

फिल्ममा आमाको भूमिकामा रहेकी विपना थापा छिन् भने पल शाह कृष्ण र मलिका महत राधाको चरित्रमा देखिएका छन् । यता, आकाश श्रेष्ठको भूमिकालाई लिएर भने दर्शकमाझ कौतूहल देखिन्छ । ट्रेलरमा उनको चरित्रको प्रस्तुतिले उनी नकारात्मक भूमिकामा छन् कि भन्ने अनुमान गर्ने ठाउँ दिएको छ ।

आर्या इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा पल शाह, मलिका महत, विपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सविन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलीप अखेडालगायत कलाकारको मुख्य भूमिका छ।

निर्देशक पन्तकै कथा तथा पटकथा रहेको फिल्ममा लेखक रोशन भट्ट र चन्द्र पन्त हुन् । संवाद लेखन रोशन भट्टले गरेका हुन् ।

करण सिंह प्रोडक्सन एक्जिक्युटिभ रहेको फिल्ममा नवराज उप्रेतीको छायाङ्कन, बाबुल गिरीको संगीत, गम्भीर विष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

अघिल्लो फिल्म ‘आ बाट आमा’ले घरेलु बक्स अफिसमा १३ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?