२९ असोज, काठमाडौं । पूर्वसांसद् विनिता कठायत कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्य मनोनीत भएकी छन् ।
उनलाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मूल आयोजक समितिको सदस्यमा मनोनयन गरेका हुन् ।
दशौं राष्ट्रिय खेलकुद आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको विभिन्न जिल्लामा सञ्चालन हुँदैछ ।
गत प्रतिनिधि सभा निर्वाचनमा रास्वपाबाट जुम्लामा निर्वाचन लडेकी कठायत पराजित भएकी थिइन् । अघिल्लो कार्यकालमा समानुपातिक सांसद बनेकी उनी रास्वपाकी केन्द्रीय सदस्य हुन् ।
राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०८३ को परिच्छेद-२ को दफा ४ को उपदफा (१) को देहायको (ण) मा भएको व्यवस्था बमोजिम खेलकुदमन्त्री पोखरेलले कठायतलाई सदस्य मनोनीत गरेको राखेपका सदस्यसचिव रामचरित्र मेहताले पत्रमार्फत जानकारी दिएका छन् ।
प्रतिक्रिया 4