News Summary
Generated by OK AI. Editorially reviewed.- निर्वाचन आयोगले मृत्यु भएका, दोहोरो नाम परेका, नागरिकता त्यागेका सहित दुई लाख तीन हजार ५८६ मतदाताको नामावलीबाट हटाएको छ।
- मृत्यु भएका ४५ हजार ३२२ र दोहोरो, रद्द वा त्यागसम्बन्धी एक लाख ५८ हजार २६४ जनाको नाम हटाइएको आयोगले जनाएको छ।
- आगामी स्थानीय तह निर्वाचनअघि आयोगले मतदाता नामावली अद्यावधिक गर्दै राष्ट्रिय परिचयपत्र र मोबाइल नम्बर राख्ने तयारी गरेको छ।
१० कात्तिक, काठमाडौं । मृत्यु भएका, दोहोरो नाम परेका र नागरिकता त्यागेका समेत गरी दुई लाख तीन हजार ५८६ जना मतदाता नामावलीबाट हटाइएका छन् ।
मृत्यु भएकाहरू ४५ हजार ३२२ जना रहेका छन् । एक लाख ५८ हजार २६४ जना मतदाताको भने दोहोरो परेको, रद्द भएको वा त्याग गरेकोसँग सम्बन्धित छ ।
दुवै गरेर कूल दुई लाख तीन हजार ५८६ जनाको नाम मतदाता नामावलीबाट हटाइएको निर्वाचन आयोगले जनाएको छ ।
मतदाता नामावलीबाट हटाइएका जिल्लाहरूमा झापा, मोरङ, सप्तरी, कैलाली लगायतका जिल्लाका धेरै रहेका छन् ।
मोरङ जिल्लामा मृत्यु भएका ६१० जना र दोहोरो परेको, रद्द भएको वा त्याग गरेका ९ हजार ५२१ जनाको नाम मतदाता नामावलीबाट हटाइएको हो ।
झापा जिल्लामा मृत्यु भएका ८३४ र दोहोरो परेको, रद्द भएको वा त्याग गरेका ६ हजार १८८ जनाको नाम मतदाता नामावलीबाट हटेको छ ।
सुनसरी जिल्लामा मृत्यु भएका ७९८ र दोहोरो परेको, रद्द भएको वा त्याग गरेका ४ हजार ७६२ जना छन् ।
सप्तरीमा मृत्यु भएका ६ हजार ३०१ जनाको नाम मतदाता नामावलीबाट हटेको छ भने यो जिल्लाका ४ हजार ८७ जनाको नाम दोहोरो परेको, रद्द भएको वा त्याग गरेको आधारमा नामावलीबाट हटेको छ ।
धनुषामा ३६९ जनाको मृत्यु भएका कारण मतदातानामावलीबाट नाम हटेको छ । यो जिल्लामा दोहोरो परेको, रद्द भएको वा त्याग गरेकाहरू ४ हजार ४४८ जना रहेका छन् ।
रौतहटमा मृत्यु भएका २ हजार ५१४ र दोहोरो परेको, रद्द भएको वा त्याग गरेको आधारमा ४ हजार १५१ जनाको नाम मतदाता नामावलीबाट नामावलीबाट हटेको छ ।
पाल्पामा मृत्यु भएका ३ हजार ४४ जना र दोहोरो परेको, रद्द भएको वा त्याग गरेको आधारमा १ हजार ६८५ जनाको नामावलीबाट हटेको छ ।
रुपन्देहीमा मृत्यु भएका १८१ र दोहोरो परेको, रद्द भएको वा त्याग गरेका ४ हजार ३६१ जना रहेका छन् ।
कैलालीमा मृत्यु भएका १ हजार ३९ जनाको नाम नामावलीबाट हटेको छ । यो जिल्लामा दोहोरो परेको, रद्द भएको वा त्याग गरेका ६ हजार ५२५ जना रहेका छन् ।
२१ फागुन २०८२ मा भएको प्रतिनिधि सभा निर्वाचनमा कुल मतदाता संख्या १ करोड ८९ लाख ३ हजार ६८९ जना थिए । यसमा नामावली अद्यावधिक गर्ने क्रममा २ लाख ३ हजार मतदाता नामावलीबाट हटाइएका हुन् ।
आयोगका अनुसार गत भदौ १५ गतेसम्म १८ वर्ष उमेर पूरा भएका र नयाँ नाम दर्ता गराएका एक लाख ८७ हजार ६८६ जना मतदाता नामावलीमा थप भएका छन् ।
निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार स्थानीय तह र प्रदेशसभा निर्वाचनको पूर्वतयारी स्वरूप मतदाता नामावली अद्यावधिक गरिरहेको छ ।
निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराई भन्छन् ‘निर्वाचन अगाडिका काम, निर्वाचनको समयको काम र निर्वाचन पछाडिको काम गरेर तीन चरणमा काम हुन्छ । अहिले हामी निर्वाचन अगाडिको इलेक्सन प्रिपेसनको काम गरिरहेका छौं ।’
उनका अनुसार इलेक्सन प्रिपेसन अन्तर्गत मतदाता नामावली अद्यावधिकको कार्य चलिराखेको हो ।
निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचन अघि मतदाताहरूलाई आफ्नो राष्ट्रिय परिचयपत्र र मोबाइल नम्बर अद्यावधिक गर्न लगाउने तयारी गर्दैछ ।
पछिल्लो समय नामावली दर्ता गराएका मतदाताहरूको राष्ट्रिय परिचयपत्र पनि समावेश छन् । तर, पहिल्यै दर्ता गराएका मतदाताको राष्ट्रिय परिचयपत्र नम्बर समावेश छैन ।
आयोगले राष्ट्रिय परिचयपत्रको विवरण राख्ने निर्णय गरिसकेको छ । यसका लागि सम्बन्धित निकायसँग समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी छ ।
प्रतिक्रिया 4