+
+
Shares

चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १६ गते १८:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको चाबहिलमा बसको ठक्करबाट सोमबार बिहान मोटरसाइकल चालक ३१ वर्षीय सुमन प्रसाद अधिकारीको मृत्यु भएको छ।
  • काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित सडकमा प्र.३–०१–००६ ख ०६३० नम्बरको बसले बा.प्र–०२–०५३ प १८६४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
  • गम्भीर घाइते अधिकारीको हेल्पिङ हेण्ड्स अस्पताल चावहिलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
  • प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

१६ कात्तिक, काठमाडौं । काठमाडौंको चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित सडकमा प्र.३–०१–००६ ख ०६३० नम्बरको बसले बा.प्र–०२–०५३ प १८६४ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिएको थियो ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक काठमाडौ जोरपाटी बस्ने पर्वत महाशिला गाउँपालिका–१ घर भएका ३१ वर्षीय सुमन प्रसाद अधिकारीको मृत्यु भएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको हेल्पिङ हेण्ड्स अस्पताल चावहिलमा उपचारको क्रममा मृत्यु भएको हो ।

बस चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?