+
+
Shares

फ्राइडे रिलिजअन्तर्गत आजबाट ‘पाँच पाण्डव’, के भन्छन् निर्देशक ?

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २० गते ११:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फ्राइडे रिलिजअन्तर्गत आजदेखि चलचित्र ‘पाँच पाण्डव’ प्रदर्शनमा आएको छ।

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आजबाट ‘पाँच पाण्डव’ प्रदर्शनमा आएको छ ।

यस फिल्मलाई वर्षकै प्रतिक्षित भनेर निर्माणपक्षले दावी गरेको छ । सुरुवाती शोहरू सन्तोषजनक रहेको निर्देशक बसन्त निरौलाले बताएका छन् । ‘हाम्रो सिनेमाले जति शो पाएको छ, बलिउडको ठूलो सिनेमा आएकाले यसलाई सन्तोषजनक मान्नुपर्छ’ निर्देशक निरौला भन्छन्, ‘तर, हाम्रो सिनेमा राम्रो रहेकाले दोस्रो दिनबाटै हलहरूले शो थप्दै जानेमा हामी पूर्णरूपमा ढुक्क छौँ ।’

सिनेमाको आइडिया र ट्रिटमेन्टलाई दर्शकले मन पराउनेमा आफू निश्चिन्त रहेको उनले बताएका छन् ।

फिल्ममा ‘पाँच पाण्डव’ मा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिक्देल, सुशील सिटौला, इभा गिरीलगायत कलाकार मुख्य भूमिकामा छन् ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री)लगायतको पनि मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?