News Summary
Generated by OK AI. Editorially reviewed.- माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
- माछापुच्छ्रे बैंकको २८ औँ साधारणसभाबाट सञ्चालक समितिमा निर्विरोध निर्वाचित केसीलाई ५६७ औँ बैठकले ४ वर्षका लागि अध्यक्ष नियुक्त गरेको थियो।
- शपथ ग्रहण कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक, माछापुच्छ्रे बैंकका सञ्चालक समिति सदस्य र प्रमुख कार्यकारी अधिकृतको उपस्थिति थियो।
२० कात्तिक, काठमाडौं । माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरू तथा अन्य पदाधिकारीका साथै माछापुच्छ्रे बैंक सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति थियो ।
माछापुच्छ्रे बंैकको २८ औँ वार्षिक साधारणसभा मार्फत संस्थापक सेयरधनीहरूको तर्फबाट बैंक सञ्चालक समितिमा निर्विरोध निर्वाचित भए लगत्तै बसेको बैंक सञ्चालक समितिको ५६७ औं बैंठकले उनलाई आगामी ४ वर्षे कार्यकालका लागि अध्यक्ष पदमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया 4