+
+
Shares

कञ्चनपुरको सामुदायिक वनमा मृत भेटियो बाघ

मंगलबार दिउँसो वनमा घाँसदाउरा संकलन गर्न पुगेका स्थानीयले बाघ सडेको अवस्थामा मृत देखेपछि निकुञ्जलाई खबर गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १ गते १७:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ स्थित मायापुरी सामुदायिक वनमा सडेको अवस्थामा एउटा बाघ मृत फेला परेको छ ।
  • मंगलबार घाँसदाउरा संकलन गर्न पुगेका स्थानीयले बाघ देखेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई खबर गरेका थिए ।
  • निकुञ्जको प्राविधिक टोली घटनास्थलमा पुगेर मुचुल्का संकलन गरिरहेको छ र पोस्टमार्टमका लागि बाघ ल्याउने तयारी गरिएको छ ।

१ कञ्चनपुर, मंसिर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ स्थित मायापुरी सामुदायिक वनमा एउटा बाघ मृत अवस्थामा फेला परेको छ ।

मंगलबार दिउँसो वनमा घाँसदाउरा संकलन गर्न पुगेका स्थानीयले बाघ सडेको अवस्थामा मृत देखेपछि निकुञ्जलाई खबर गरेका थिए ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्राविधिक टोली घटनास्थल पुगेको छ । उक्त सामुदायिक वन निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार, घटनास्थलमा अहिले मुचुल्का संकलनको काम भइरहेको छ ।

मृत बाघलाई आवश्यक प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि निकुञ्जमा ल्याउने तयारी गरिएको उनले जानकारी दिए । बाघ के कारणले मरेको हो भन्ने विषय पोस्टमार्टमपछि मात्रै खुल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?