
५ भदौ, काठमाडौं । अफगानिस्तानबाट हालसम्म ५०४ जना नेपालीको उद्धार भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार शनिबार टर्कसिस एरबाट २६ जना र जजिरा एयरबाट ९ जना गरी ३५ जनाको उद्धार भएको छ ।
कन्सुलर सेवा विभागको वेव पोर्टलमा शनिबार साँझ ५ बजेसम्म ३१७ जना नेपालीहरूले आफ्नो विवरण दर्ता गरेका छन् ।
उद्धारको लागि सूचीकृत भएकामध्ये नाम र राहदानी नम्बर दोहोरिएको, एकै जनाको धेरै ठाउँबाट विवरण भरिएको र उद्दार भई सुरक्षित गन्तव्यसम्म पुगिसकेकाहरुको विवरण रुजु गरी बाँकी व्यक्तिहरूको उद्धार गर्न उद्धार उडान गरिरहेका देशहरुसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।
अफगानिस्तानमा विद्रोही समूह तालिवानले कब्जा जमाएपछि त्यहाँ कार्यरत नेपालीलाई उद्धार गर्न शुरु गरिएको छ । उद्धार गरिएकाहरुको कोरोना संक्रमण परीक्षण गरेर घर पठाउने गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4