+
+
Shares

विभिन्न वन्यजन्तुको आखेटोपहारसहित नागढुंगाबाट एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ९ गते १३:३१

९ भदौ, काठमाडौं। प्रहरीले विभिन्न वन्यजन्तुको आखेटोपहारसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा पालुङटार नगरपालिका-५ घर भएका ६५ वर्षीय सोनाम तामाङ रहेका छन् ।

वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ५८६४ नम्बरको बसलाई नागढुंगास्थित चेकप्वाईन्टमा प्रहरीले जाँच गर्ने क्रममा विभिन्न वन्यजन्तुको आखेटोपहारसहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनको साथबाट २ थान हुचिलको खुट्टा जस्तो देखिने वस्तु, २ थान हुचिलको पञ्जा जस्तो देखिने बस्तु, २ थान हाल एकिन हुन नसकेको हड्डी, ४ सय ग्राम एकिन हुन नसकेको जनावरको सुकुटी, ३ थान शंख जस्तो देखिने वस्तु, १ थान सेतो टल्कने ढुङ्गा र नगद ४० हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

शंख र ढुंङ्गा आवश्यक अनुसन्धानको लागि पुरातत्व विभाग रामसाहपथ तथा तामाङलाई आवश्यक अनुसन्धानको लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?