
१० साउन, काठमाडौं । नेकपा एमालेले नेकपा एकीकृत समाजवादीमा गएका नेताहरुलाई पार्टीबाट निष्कासन गरेको छ ।
एमाले केन्द्रीय कमिटीको बिहीबार बसेको बैठकले अलग दल दर्ता गर्न गएका नेताहरुलाई निष्कासन गर्ने निर्णय गरेको हो ।
तर कसैले भुल महसुस गरेर फर्किए एकताको ढोका खुला राख्ने सचिव प्रदीप ज्ञवालीले बताए । उनका अनुसार पार्टी विधानमा निष्कासन भएको व्यक्ति दुई वर्षसम्म सदस्य हुन नपाउने भए पनि अहिले एकतामा फर्किए स्वीकार गरिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4