+
+

वाइसीएलको वेवसाइटको उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १२ गते १६:०६

१२ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको युवा संगठन वाइसीएल नेपालले आधिकारिक वेवसाइट सुरुवात गरेको छ ।

वाइसीएल नेपालले राष्ट्रिय भेलाको अवसर पारेर वाइसीएल नेपालको आधिकारिक वेबसाइट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे ।

युवा संगठनलाई डिजिटल मैत्री बानाउने भन्दै वाइसीएलले वेबसाइट सञ्चालन गरेको हो ।

वाइसीएलका महासचिव सुवोध शेर्पालीले संगठनसंवद्ध सबै जानकारी वेबसाइटमार्फत गराइने र देशभरका युवाले सदस्यता लिन चाहेमा अनलाइनमार्फत सहज रुपमा लिन सक्ने व्यवस्था गर्ने बताए ।

वाइसीएलले आफ्नो राष्ट्रिय भेला पनि भर्चुअल माध्यममार्फत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?