+
+

जसपा अध्यक्ष यादव जनकपुरधाममा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १७ गते १३:४०

१७ भदौ, जनकपुरधाम । जनप्रतिनिधिलाई आफ्नो दलमा सनाखत गराउन लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु आएको भोलिपल्ट जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव जनकपुुरधाम आएका छन् ।

जसपाको आधिकारिकता नपाएपछि छुट्टै लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेका महन्थ ठाकुर, नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारीसहितका नेताहरु बुधबार जनकपुरधाम आइसकेका छन् । ठाकुरसहितका नेताले आफ्नो पार्टीमा सनाखत गराउन प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरिरहँदा यादव पनि जनकपुरधाम आएका हुन् ।

लोसपाका नेताहरुले जसपाका प्रदेश सांसदलाई आफ्नो दलमा सनाखत गराउन प्रयास गरिरहेको सूचना पाएपछि त्यसलाई रोक्न अध्यक्ष आफैं जनकपुरधाम आएको जसपा स्रोतले जनाएको छ ।

यादव नेतृत्वको तत्कालीन फोरम नेपालबाट निर्वाचित प्रदेश सांसद प्रल्हाह गिरी गोस्वामीले लोसपा रोजिसकेका छन् । अध्यक्ष यादवले जसपाका प्रदेश सांसदसँग यसबारे छलफल गर्ने बताइएको छ ।

जनकपुरधाम आएका यादवले विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै भदौ २२ गतेपछि मात्र मन्त्रिपरिषद् विस्तार गरिने बताए । भदौ २२ गतेपछि मन्त्रिपरिषद् विस्तार गर्नेबारे गठबन्धनमा सहमति भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?