+
+

धागो उद्योगीले भने-डेडिकेटेड र ट्रंक लाइनको महसुल तिर्न सकिन्न

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २२ गते २२:०८

२२ भदौ, काठमाडौं । नेपाल धागो उत्पादक संघले डेडिकेटेड र ट्रंकलाइन बिजुलीको विद्युत महसुल नतिर्ने घोषणा गरेको छ । संघले सोमबार पत्रकार सम्मेलन गर्दै विद्युत् प्राधिकरणले जालझेलपूर्ण तरिकाले थप महशुल भुक्तानी गर्न दबाव दिएको भन्दै धागो उद्योगले प्राधिकरणलाई कुनै महसुल तिर्न बाँकी नरहेको दावी गरेको छ ।

मिटर परिक्षणपछि प्राधिकरणबाट जारी भएको मासिक रुपमा उठेको युनिट वापतको विजकअनुसार सबै रकम उद्योगी व्यवसायीहरुले तोकिएको समयमै भुक्तानी गरेको संघको दावी छ ।

प्राधिकरणले समयमै बिल तिर्दा विजक रकमको २ प्रतिशत छुट समेत दिएको संघले बताएको छ । ‘प्राधिकरणबाट जारी विजकमा उल्लेखित केही कुनै रकम उद्योगी व्यवसायीले तिर्न बुझाउन बाकी राखेको छैन,’ संघले भनेको छ ।

संघ अन्तर्गत जम्मा ७ वटा उद्योग छन् । प्राधिकरणले भनेजस्तो उद्योगहरुले २४ सै घण्टा विद्यत सुविधा नलिएको संघले जनााएको छ ।

सामान्य नागरिक सरह नै धागो उद्योगहरुले विद्युत उपभोग गरेको र चर्को लोडसेडिङको समयमा डिजलबाट महँगो मूल्यमा विद्युत उत्पादन गरी उद्योग चलाएको उद्योगीहरुको दावी छ ।

धागो उद्योगहरुमा १५ अर्ब बढी लगानी छ । विद्युत महशुल आयोगले बोर्डको निर्णय विपरीत उद्योगीहरुलाई थप महसुलको बिल थमाएको संघका अध्यक्ष पवन गोल्यानको दावी छ ।

‘प्राधिकरणले भने अनुसार पावर सप्लाइ पनि भएको छैन, कुनै पनि उद्योगले २४ सै घण्टा विद्युत समेत पाएका छैनन्,’ उनले भने । नियम मिचेको वा २४ सै घण्टा विद्युत प्रयोग गरेको भए कानून अनुरुप कारबाही गर्न उनले प्राधिकरणलाई चेतावनी दिए ।

संघका उपाध्यक्ष विष्णु न्यौपानेले पनि चोर र पुलिस एउटैलाई बनाउने काम भइरहेको बताए । यसले समस्याको समाधान नगर्ने उनको भनाइ छ । विद्युत उपयोग गरेअनुसार महशुल तिर्न समस्या नरहेको भन्दै उनले उपयोग नै नगरेको विद्युतको महसुल तिर्न नसकिने बताए ।

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले सिमेन्ट उद्योगले एक रुपैयाँ पनि बक्यौता दावी गरे । उनले समयमै बिल तिरेबापतको छुट समेत प्राधिकरणबाट लिइरहेको भन्दै जबरजस्ती नगर्न प्राधिकरणलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?