+
+

रेसुङ्गा-मदाने वन क्षेत्रका चराको विषय समेटिएको पुस्तक सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १२ गते १८:५६

१२ असोज, गुल्मी । गुल्मीमा पाइने चराहरुको विषय समेटिएको पुस्तक सार्वजनिक गरिएको छ । नेपाल पंक्षी संरक्षण संघ जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रम गुल्मीले तयार गरेको रेसुङ्गा मदाने वन संरक्षण क्षेत्रमा पाइने चराहरुको विषय समेटिएको पुस्तक मंगलबार एक कार्यक्रमका बीच विमोचन गरिएको हो ।

जिल्ला सदरमुकाम तम्घासमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले पुस्तकको विमोचन गरे । रेसुङ्गा क्षेत्र रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकामा समेटिएको छ । मदाने क्षेत्र मदाने गाउँपालिका र मालिका गाउँपालिकामा समेटिएको छ ।

नेपालमा पाइने ८८६ प्रजातिका चरामध्ये रेसुङ्गा र मदानेमा ३५ प्रतिशत रहेको तथ्य पुस्तकमा समेटिएको छ । रेसुङ्गा र मदाने क्षेत्रमा विश्वकै दुर्लभ चराहरु चीर, रणमत्त महाचिल, सेतो गिद्ध, सुन गिद्ध, गोमायु महाचिल, डंगर गिद्ध रहेका छन् ।

रेसुङ्गा वन संरक्षण क्षेत्रको जंगल क्षेत्र ७ हजार ९०३ हेक्टर रहेको छ । त्यस्तै मदाने वन संरक्षण क्षेत्रमा ५ हजार ७२१ हेक्टर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?