+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

विद्यार्थी र शिक्षकलाई भाइरल ज्वरो आएपछि रोल्पाको एक विद्यालय बन्द

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १४ गते १३:१९

१४ असोज, रोल्पा । विद्यार्थी र शिक्षकलाई भाइरल ज्वरो आएपछि रोल्पाको एक विद्यालय बन्द गरिएको छ । जिल्लाको पूर्वी भेगमा रहेको सुनछहरी गाउँपालिका–६ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बन्द गरिएको प्रधानाध्यापक धनबहादुर पुनले बताए ।

विद्यालयमा अध्ययनरत ६० प्रतिशतभन्दा बढी विद्यार्थी र शिक्षक एक्कासी बिरामी परेपछि विद्यालय खुलेको केही दिनमै बन्द गर्नुपरेको पुनको भनाइ छ । विद्यार्थी तथा शिक्षकमा ज्वरो आउने, घाँटी दुख्ने, टाउको तथा शरीर दुख्ने, बान्ता हुने, खोकी लाग्ने र  कमजोरी महसुस हुने लगायतका लक्षण देखिएको बताइएको छ ।

स्वास्थ्य चौकी फगामका प्रमुख रञ्जीतकुमार यादवले भाइरल ज्वरो सरुवा र मौसमी भएकाले यसबाट सुरक्षित रहन सबैलाई आग्रह गरेका छन् । मन तातोपानी खान, बासी तथा चिसो पदार्थ सेवन नगर्न, चिसोबाट बच्न, अदुवा, बेसार, टिमुर र नून पानी खाने तथा तातोपानीको बाफ लिनेजस्ता घरायसी उपचार गर्न उनले सुझाव दिएका छन् ।

लकडाउनका समयमा सरकारले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरणको लागि अनलाइन कक्षा सञ्चालन गर्न सकिने निर्देशन गरे पनि सामुदायिक विद्यालयको आवश्यक पूर्वाधार, भौगोलिक विकटता तथा निम्न वर्गीय पृष्ठभूमिका विद्यार्थीहरु भएकाले अनलाइन कक्षाको पहुँचमा रहन नसकेको स्थानीयवासी चित्रवियोग झाँक्री मगरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?