+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

इन्टरनेटको तार काटिएकामा दूरसञ्चार प्राधिकरणको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १६ गते २०:३७
सेवा प्रदायक कम्पनीले पोलको भाडा नतिरेको भन्दै शनिबार इन्टरनेटको तार काट्न उपस्थित नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको टोलि ।

१६ असोज, काठमाडौं । पोलको भाडा नदिएको भन्दै नेपाल विद्युत प्राधिकरणले इन्टरनेटको तार काटेपछि नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले आपत्ति जनाएको छ । जथाभावी ढंगले अप्टिकल फाइबर काटिदिँदा धेरै ठाउँमा इन्टरनेट सेवा अवरुद्ध भएको भन्दै प्राधिकरणले आपत्ति जनाएको हो ।

प्राधिकरणले शनिबार निकालेको विज्ञप्तिमा अत्यावश्यक सेवा अवरुद्ध पारिएको भन्दै कानूनी कारबाही हुनसक्ने चेतावनी दिएको छ । इन्टरनेट सेवा प्रदायक संघ नेपाल र नेपाल विद्युत प्राधिकरणबीच पोल भाडा दर विवाद समाधान गर्न प्रयास भइरहेको अवस्थामा अनायास इन्टरनेट सेवा काट्दा राज्यको अति आवश्यक सेवा अवरुद्ध हुन पुगेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘दूरसंचार ऐन, २०५३ अनुसार कसैले पनि यस्तो सेवा अवरुद्ध गरेमा दण्डनीय हुने व्यवस्था छ,्र यसरी दूरसंचार सेवा अवरुद्ध गर्ने कार्य प्रति यस प्राधिकरण दुःख व्यक्त गर्दछ ।’

अति आवश्यक सेवा अवरुद्ध गर्नेलाई कानुनी कारवाही गर्न र यस्ता पूर्वाधारको सुरक्षा गर्न प्राधिकरणले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?