+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कोरोना खोपले किन पाएन नोबेल पुरस्कार ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १९ गते १२:३४

१९ असोज, काठमाडौं । सोमबार नोबेल एसेम्बलीले शरीर विज्ञान तथा चिकित्साशास्त्रतर्फको पुरस्कार अमेरिकाका डेभिड जुलियस र लेबनानका अर्डेम पाटापोउटिमलाई दिने घोषणा गर्‍यो । उनीहरुलाई स्नायु प्रणालीले कसरी तापमान र स्पर्शको अनुभव गर्छ भन्ने पत्ता लगाएकोमा यो पुरस्कार दिने निर्णय गरिएको नोेबेल एसेम्बलीले बताएको छ ।

यसपटक विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप पत्ता लगाउने वैज्ञानिकले चिकित्साशास्त्रको नोबेल पुरस्कार पाउने अपेक्षा गरिएको थियो । त्यसो भने भएन ।

यद्यपि केही वैज्ञानिकहरु कोरोना खोप विकास गर्ने वैज्ञानिकलाई अहिले नै पुरस्कार घोषणा गरेको भए त्यो हतार हुने बताउँछन् । अहिले कोरोना खोप विकासकै क्रममा छ । विकासको क्रममा रहेको खोपलाई नोबेल पुरस्कारले मान्यता दिँदैन । यस्तोमा आगामी वर्षहरुमा पनि कोरोना खोप विकास गर्ने वैज्ञानिकले पुरस्कार पाउन सक्ने उनीहरुले भनाइ छ ।

कोरोना भाइरस पहिलोपटक फेला परेपछि अहिलेसम्म ४७ लाखभन्दा धेरैको यसको संक्रमणबाट मृत्यु भइसकेको छ । त्यस्तै अझै पनि धेरै मानिसहरु लकडाउनको कारण घरभित्रै थुनिन बाध्य पनि छन् । यस्तोमा कोरोना खोपको कारण धनी मुलुकको अवस्था सामान्यजस्तै बनिसकेको कुरालाई बेवास्ता गर्न नमिल्ने केहीको तर्क छ ।

कोरोना खोपले महामारी नियन्त्रण गरेको मात्र नभई यो खोपको विकास निकै कम समयमा भएको कारण पनि यसलाई एउटा महत्वपूर्ण उपलब्धि मानिएको हो ।

कोरोना खोपको विकास गर्ने क्रममा यसपटक एमआरएनए प्रविधिको प्रयोग गरिएको छ । यो प्रविधिले यसपटक नोबेल पुरस्कार पाउने अपेक्षा थियो । यो प्रविधिको प्रयोग गरेर मोडेर्ना र फाइजरले कोरोना खोप विकास गरेका थिए । यी कम्पनीले निकै छोटो समयमा कोरोना खोप बनाएका थिए र यो प्रभावकारी पनि देखिएको छ ।

‘मलाई पूरा विश्वास छ कि ढिलोचाँडो यो प्रविधिले पक्का पुरस्कार पाउँछ’, स्वीडेनको कारोलिन्स्का इन्स्टिच्युटका प्राध्यापक अलि मिराजामीले भने, ‘कहिले भन्ने प्रश्न मात्र बाँकी हो ।’

एमआरएनए प्रविधि सन् १९६१ मा पत्ता लगाइएको थियो तर त्यतिबेला यो प्रविधिमा केही समस्या देखिएको थियो । यो प्रविधिको सहयोगमा अब क्यान्सर तथा एचआईभीको पनि उपचार खोज्न सकिने यो प्रविधिका निर्माताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?