+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कैलालीमा प्रहरीको हत्यामा संलग्न ९ जनालाई जन्मकैदको फैसला

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १० गते ९:०३

१० कात्तिक, धनगढी । कैलालीमा दुई प्रहरीको हत्या गरेको अभियोगमा पक्राउ परेका ९ जनालाई जन्मकैदको फैसला सुुनाइएको छ । धनगढीको अस्थायी प्रहरी पोष्ट जुुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या अभियोगमा पक्राउ परेका ९ जनालाई जन्मकैदको फैसला भएको जिल्ला अदालत कैलालीले जनाएको छ ।

अदालतका श्रेस्तेदार राइभान कुुन्जेडाले जिल्ला न्यायाधिश जयानन्द पनेरुको इजलासले मंगलबार उक्त मुुद्दाको अन्तिम फैसला गर्दै ९ जनालाई जन्मकैद र एक जनालाई सफाइ दिएको जानकारी दिए ।

उनकाअनुसार मुुख्य योजनाकार धनगढी उपमहानगरपालिका-१० का ३५ वर्षीय सुुकबहादुर राना भनिने अमर राना, २३ वर्षीय पर्कु भनिने रोहित राना, सोही ठाउँ बस्ने अर्का रोहित राना, ३० वर्षीय सुरेश राना, २० वर्षीय राजेन्द्र राना, गब्बर भनिने २५ वर्षीय राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र धनगढी उपमहानगरपालिका-११ बस्ने गोपाल भनिने २५ वर्षीय रामगोपाल रानालाई जन्मकैदको फैसला भएको छ ।

हत्या अभियोगमा पक्राउ परेका धनगढीका मटर व्यापारी राजिव गुप्ताले भने सफाइ पाएको कुन्जेडाले बताए ।

गत वर्षको कात्तिक १ गते तस्करी नियन्त्रणमा खटिएका बेला मटर तस्करको समूहले प्रहरी सहायक निरीक्षक विक र जवान साउदको विभत्स हत्या गरेर शव नेपाल-भारत सीमा भएर बग्ने मोहना नदीमा फालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?