+
+

टन्सिललाई मामुली ठान्नुहुन्न, यसले मुटुमा समस्या ल्याउन सक्छ : डा. अनुप ढुंगाना

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते १३:५४

चिसोको मौसम सुरु भएको छ । चिसोमा मान्छेमा धेरै स्वास्थ्य समस्याहरु देखिने गर्छ । जसमध्ये धेरैमा देखिने साझा समस्या हो घाँटीको दुखाइ । धेरैले घाँटीको सामान्य दुखाइलाई पनि टन्सिल मान्ने गर्छन् । तर चिकित्सकहरु घाँटीको सामान्य दुखाइ र टन्सिलमा धेरै फरक रहेको बताउँछन् ।

टन्सिलाइटिस के हो ?

हाम्रो घाँटीको दुवैतर्फ एकप्रकारको अंग रहन्छ । त्यसलाई हामी टन्सिल्स भन्छौं । नाक, कान घाँटी रोग विशेषज्ञ डा. अनुप ढुंगाना हाम्रो घाँटीमा हुने एक अंगलाई नै टन्सिल भनिने भन्दै यसमा हुने जीवाणुको संक्रमणले समस्या सिर्जना गर्ने गर्छ । यसमा भाइरल वा ब्याक्टेरियाको पनि सम्पर्क हुन सक्छ ।

यो सम्पर्कले गर्दा खाना खाँदा घाँटीमा दुखाइ महसुस हुन्छ । सामान्यतया टन्सिल्सको रंग हाम्रो जिभ्रोको रंगसँग मिल्दोजुल्दो हुन्छ । यसको अवस्था हेरेर औषधि चढाउनु पर्ने हुन्छ । जस्तो भाइरल छ भने सामान्यतया आफैँ ठीक हुन्छ भनिन्छ, ब्याक्टेरियल छ भने एन्टिबायोटिक नै चाहिन्छ ।

के हुन् टन्सिलाइटिसको कारणहरु ?

चिसोमा भाइरल इन्फेक्सन बढी हुने भएकोले हामीलाई चिसोको कारण घाँटी दुखे जस्तो महसुस हुन्छ । नेपालीको बानी नै छ कि सबै घाँटी दुखाइलाई टन्सिल्स भन्ने गरिन्छ । त्यसैले चिसोमा बढी देखिने गर्छ । तर डा. ढुंगाना चिसोले गर्दा टन्सिल्स बढ्छ भन्नेमा सत्यता नरहेको बताउँछन् । चिसोको एलर्जी हुने कसैकसैलाई घाँटी दुख्ने भएकोले कतिपयमा चिसोका कारण टन्सिल बढ्छ भन्ने भ्रम देखिएको हुन सक्ने उनी बताउँछन् ।

समयमा उपचार नगराए मुटुको जोखिम

ब्याक्टेरिया कुनै स्पेसिफिक खालको पनि हुन्छ । स्टेस्टोफोकस भन्ने ब्याक्टेरियाको संक्रमण भएको छ भने यसले मुटुसम्म असर गर्न सक्छ । त्यसैले यसलाई समयमा नै उपचार गर्नुपर्छ । घाँटी दुख्ने साधारण समस्याबाट सुरु भएर अन्त्यमा मुटुको भल्भलाई क्षति पुर्‍याउने यो समस्याले मुटुलाई कमजोर बनाउने ढुंगाना बताउँछन् ।

टन्सिलाइटिसका लक्षणहरु

टन्सिलाइटिसका केही विशेष लक्षणहरु छन् । सामान्य जुन घाँटीको दुखाइभन्दा फरक हुन्छ । ती निम्नानुसार छन् ।

–घाँटीमा दुखाइ हुनु वा खसखसाउनु

–घाँटीदेखि लिएर कानसम्म दुख्नु

–खानेकुरा निल्ने बेलामा दुखाइ महसुस हुनु

–ज्वरो आउनु

–स्वर बस्नु र गला अवरुद्ध हुनु

–घाँटीमा दुखाइ हुनु

–सानो बच्चा छ भने पेटमा समेत दुखाइ महसुस हुनु

सामान्य घाँटीको दुखाइ र टन्सिल्समा के फरक छ ?

डा. ढुंगाना सामान्य घाँटीको दुखाइमा उच्च ज्वरोको सम्भावना नहुने बताउँछन् । तर टन्सिल्स हुँदा ज्वरो एक्कासी १०२ डिग्रीसम्म पुग्छ । टन्सिल्स हुँदा जिब्रो निकालेर हेरियो भने जिब्रोको फेदमा टन्सिल्स पनि देखिन्छ । त्यसमा सेतोसेतो फोकाहरु पनि देखिन्छ । यसरी टन्सिल्स र सामान्य घाँटी दुखाइमा फरक छुट्याउन सकिन्छ ।

के टन्सिल्स बिग्रियो भने शल्यक्रिया नै गर्नुपर्छ ?

टन्सिल्सको समयमा नै उपचार गर्नुपर्छ । तर एकदुई पटक टन्सिल्स हुँदा शल्यक्रिया गर्नु आवश्यक छैन । कहिलेकाहीँ हुने टन्सिल्सलाई हामीले सामान्य उपचारबाट सल्टाउन सकिन्छ । तर बारम्बार दोहारिने जस्तै, वर्षमा ३÷४ पटक वा त्योभन्दा धेरै एन्टिवायोटिक खानुपर्ने भयो भने चाहिँ शल्यक्रिया गर्नुपर्छ र नियमित औषधि पनि खानुपर्ने हुन सक्छ । त्यसैले सुरुमा नै यसको उपचार खोज्नुपर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?