+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

एमालेको दशौं महाधिवेशनमा उद्घाटनपछि सिधै मतदान

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते १४:५१
नेकपा एमालेको केन्द्रीय कार्यालय

११ कात्तिक, काठमाडौं । नेकपा एमालेले उद्घाटनपछि सिधै निर्वाचन गर्ने गरी दशौं महाधिवेशनको तयारी गरेको छ । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने पार्टीको दशौं महाधिवेशनको उद्घाटनपछि निर्वाचन प्रक्रिया शुरु हुने भएकाले यो महाधिवेशन विगतको भन्दा फरक हुने स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए ।

‘वैचारिक बहसका लागि विधान महाधिवेशन गर्ने निर्णय २०७१ मा भएको पार्टीको नवौं महाधिवेशनको नै हो,’ पाण्डेले भने, ‘एमाले नयाँ–नयाँ प्रयोग गर्ने पार्टी हो । यो प्रयोग कति सही या गलत हुन्छ, महाधिवेशनपछि नै थाहा होला ।’

२०४६ भदौमा सिरहामा भएको पार्टीको चौथो महाधिवेशनदेखि २०७१ साउनमा भएको नवौं महाधिवेशनसम्म एमालेले उद्घाटनमा पनि पार्टीको राजनीतिक तथा वैचारिक प्रतिवेदनहरुमा छलफल चलाउँथ्यो । वैचारिक निकटताका आधारमा नेतृत्व छान्ने एमालेको पुरानो परम्परा नदेखिने भएसँगै संख्या भन्दा पनि विचारका आधारमा ओलीको प्रतिवाद गरिरहेका छौं भन्ने नेताहरुलाई भने अप्ठ्यारो पर्ने देखिन्छ ।

गत असोज १५ देखि १७ गतेसम्म ललितपुरमा भएको विधान महाधिवेशनमा पनि असन्तुष्ट पक्षहरुको आवाज बलियोसँग उठ्न सकेको थिएन । एमालेले दशौं महाधिवेशनमा २२५ केन्द्रीय सदस्यका लागि करिब ५ सय जनाको उम्मेदवारी पर्ने आँकलन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?