+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

चितवन राजनीतिको कुरुक्षेत्र बन्दैछ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १२ गते १७:३२
फाइल तस्वीर

१२ कात्तिक, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा ठूलो राजनीतिक लडाइँ र टक्कर हुन लागेको बताएका छन् ।

माओवादी केन्द्र भरतपुर महानगर कमिटीले शुक्रबार भरतपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले चितवनमा हुने राजनीतिक टक्कर र लडाइँले यो कुरुक्षेत्र बन्दै गएको टिप्पणी गरे ।

बुटवलमा हुने भनिएको महाधिवेशनलाई एमालेले चितवनमा गर्ने भएपछि प्रचण्डले त्यसलाई राजनीतिक टक्कर र लडाइँको रुप भएको बताए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र चितवनलाई ताकेर नै महाधिवेशन गर्न लागेको बताए । एमालेले महाधिवेशन गर्दा आफ्नो जितको शुरुवात भएको र त्यसले फाइदा पुग्ने उनको भनाइ छ ।

उनले अगाडि भने, ‘देशभरिको ध्यान चितवनमै केन्द्रित छ । चितवनमा चुनाव मात्रै हुनेवाला छैन । यहाँ ठूलो लडाइँ हुनेवाला छ । ठूलो टक्कर हुँदैछ ।’

दुई कित्तामा धुव्रीकृत भएको राजनीतिको केन्द्र चितवन हुने खतरा वा गौरव प्राप्त भएको भन्दै उनले थपे, ‘जनताले जित्ने हो कि बैरीले जित्ने हो भन्नेको फैसला चितवनको लडाइँमा देखिनेवाला छ ।’

चितवनको माडीमा पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले अयोध्याधाम बनाउने प्रक्रिया र राम–लक्ष्मण, सीता तथा हनुमानको मूर्ति ल्याएर आफूलाई पछाडि पार्न खोजेको आशंका उनले गरे । ‘राम, लक्ष्मण, सीता र हनुमानको मूर्ति ल्याएर नभएपछि एमालेले महाधिवेशन नै यही गर्न लागेको छ,’ उनले भने ।

कतिपयले प्रचण्ड अब डराएर चुनाव लड्न अरु नै जिल्ला र निर्वाचन क्षेत्रमा जाने भनेर गरेको प्रचारमा सत्यता नभएको उनले बताए । ‘म डराउने खालेको मान्छे हैन,’ उनले भने । चितवन छाडेर कतै नजाने प्रचण्डले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?