
२४ कात्तिक, काठमाडौं । बुधबार सुनको मूल्य बढेको र चाँदीको मूल्य भने स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावल सुनको मूल्य ४ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार ९२ हजार ३ सय रुपैयाँमा छापावल सुनको कारोबार भएको थियो ।
बुधबार तेजावी सुनको कारोबार मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको छ । मंगलबार पनि चाँदी सोही मूल्यमा खरिद बिक्री भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4