
२९ कात्तिक, काठमाडौं । गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट बैंक तथा वित्तीय संस्थाहरुले जस्तै जलविद्यतु् कम्पनीहरुले समेत धमाधम लाभांश घोषणा गरिरहेका छन् । केही कम्पनीहरुले साधारणसभा बोलाएर लाभांश पारित नै गरिसकेका छन् भने केही कम्पनीहरु साधारण सभा बोलाउने तरखरमा छन् । लाभांश घोषणा गर्न बाँकी रहेका कम्पनीहरु भने शेयरधनीहरुलाई कति लाभांश दिने भनेर छलफलमै छन् । केही कम्पनीहरु लाभांश घोषणा गर्ने तयारीमा छन् ।
हालसम्म लाभांश घोषणा गरेका जलविद्युत् कम्पनीहरु मध्ये सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत शेयर लाभांश दिने घोषणा ङादीले गरेको छ ।
ङादीपछि धेरै लाभांश घोषणा गर्नेमा अरुण काबेली पावर कम्पनी लिमिटेड रहेको छ । अरुण काबेलीले १७ प्रतिशत बोनस शेयर र ०.८९ प्रतिशत नगद लाभांश गरी कुल १७.८९ प्रतिशत शेयर लाभांश दिने घोषणा गरेको छ ।
हालसम्म सार्वजनिक गरेका सबै कम्पनीहरुले १० प्रतिशत भन्दा धेरै नै लाभांश घोषणा गरेका छन् । धेरैले पुँजी वृद्धिका लागि शेयरधनीहरुलाई हकप्रद समेत दिँदैछन् ।
हेर्नुस् कुनले कति दिँदैछन् लाभांश :
सिनं. | कम्पनीको नाम | नगद लाभांश | शेयर लाभांश | कुल |
१ | ङादी ग्रुप पावर कम्पनी लिमिटेड | १.०५ प्रतिशत | २० प्रतिशत | २१.०५ प्रतिशत |
२ | अरुण काबेली पावर कम्पनी लिमिटेड | ०. ८९ प्रतिशत | १७ प्रतिशत | १७.८९ प्रतिशत |
३ | रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी | १२.६ प्रतिशत | ०० | १२.६ प्रतिशत |
४ | अपि पावर कम्पनी लिमिटेड | ०.५५ प्रतिशत | १०.५० प्रतिशत | ११.०५ प्रतिशत |
५ | रुरु जलविद्युत परियोजना लिमिटेड | ०.५२६३ प्रतिशत | १० प्रतिशत | १०.५२ प्रतिशत |
६ | अरुण भ्याली हाइड्रोपावर | ०.५२ प्रतिशत | १० प्रतिशत | १०.५३ प्रतिशत |
७ | सिनर्जी पावर डेभलपमेन्ट कम्पनी | ०.५२ प्रतिशत | १० प्रतिशत | १०.५३ प्रतिशत |
८ | सानिमा माई हाइड्रोपावर कम्पनी | ०.५२ प्रतिशत | १० प्रतिशत | १०.५३ प्रतिशत |
९ | रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी | १२.६ प्रतिशत | ०० | १२.६ प्रतिशत |
प्रतिक्रिया 4