
६ मंसिर, काठमाडौं । नायिका एलिजा गौतमले पहिलो चलचित्र ‘अनुराग’मा नयाँ नायकसँग काम गरिन् । उसो त यो चलचित्रमा काम गर्दा एलिजा पनि नयाँ नै थिइन् ।
एलिजा अब दोस्रो चलचित्र ‘घुइँचो’मा पनि नयाँ नायकसँग काम गर्दैछिन् । हुन त, उनले काम गर्न लागेको चलचित्र ‘घुइँचो’का नायक कुन्साङ बोम्जन संगीत क्षेत्रका लागि भने नयाँ होइनन् । कुन्साङले केही म्युजिक भिडियोमा काम गरिसकेका छन् ।
कुन्साङले पहिलो चलचित्रमा एलिजासँग सहकार्य गर्न पाउँदा आफू उत्साहित भएको बताएका छन् । चलचित्रको घोषणा कार्यक्रम केही फरक तरिकाले गरिएको थियो । कलाकारहरुलाई कार्यक्रम स्थलमा प्रवेश गराउँदा फूल बिच्छ्याएर स्वागत गरिएको थियो ।
एलिजाले कुन्साङको सुन्दरताको प्रशंसा समेत गरिन् । यस्तै, कुन्साङले पनि एलिजाको काम गर्ने तरिकाको प्रशंसा गरे । दुवैले चलचित्रको कथा अनुसार काम गर्ने बताए ।
तस्वीर : आर्यन धिमाल
प्रतिक्रिया 4