+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

हिरासतमा हुने मृत्युको निष्पक्ष छानबिन हुनुपर्छ : एम्नेस्टी इन्टरनेसनल नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ७ गते १३:१०

७ मंसिर, काठमाडौं । एम्नेस्टी इन्टरनेसनल नेपालले प्रहरी हिरासतमा हुने मृत्युको स्वतन्त्र छानबिन गर्न माग गरेको छ । हिरासतमा यातना दिने र दुर्व्यवहार हुने गरेको भन्दै एम्नेस्टीले अनुसन्धान गरी दोषीलाई कानूनी कारबाही गर्न माग गरेको हो ।

गत तीन महीनामामात्रै हिरासतमा कम्तिमा ६ जनाको मृत्यु भइसकेको उल्लेख गर्दै एम्नेस्टीले यस्ता घटनाको तत्काल निष्पक्ष र स्वतन्त्र अनुसन्धान गरी पीडित परिवारलाई प्रभावकारी कानूनी उपचारको सुनिश्चित गर्नुपर्ने बताएको ।

“प्रहरी हिरासतमा मृत्युको घटनाहरू बढिरहेको देखिनु अत्यन्तै चिन्ताजनक विषय हो। राज्यको संरक्षणमा कसैको पनि मृत्यु हुनु हुँदैन। पक्राउ गरेपछि त्यसरी पक्राउ गरिएकाहरूको जीवन रक्षा गर्नु राज्यको दायित्व हो,” एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले भने।

यसैबीच, एम्नेस्टीले यसरी हिरासतमा हुने घटना रोक्न माग गर्दै प्रधानमन्त्रीलाई पत्र लेख्ने अभियान पनि सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?