
दुनियाँमा जेल जाने इच्छा कसलाई पो होला र ? तर इटालीको गोइडोनिया मोन्टेसेलियो भन्ने ठाउँमा बस्ने एकजना व्यक्तिले आफूलाई जेलमा हालेर पत्नीबाट छुटकारा दिलाउन भन्दै पुलिसलाई गुहारे ।
आफू पत्नीसँग एउटै घरमा बस्न नसक्ने भन्दै उनले बरु आफूलाई जेलमा हालेर मुक्ति दिलाउन पुलिसँग अनुरोध गरेपछि पुलिसले उनको कुरा सुन्यो । त्यसपछि उनलाई जेलमा हालियो ।
अल्बानीयाली मूलका ती पुरुषलाई इटालीको प्रहरीले केही महीना अगाडि लागूऔषध मामिलामा सजाय दिएको थियो ।
सजायको रुपमा ती पुरुषलाई केही महीनाका लागि नजरबन्दमा राखिएको थियो । तर लामो समयसम्म घरभित्र बसिरँदा उनलाई समस्या भएछ । घरमा पत्नीसँग निकै धेरै समयसम्म सँगै रहँदा आफूलाई सकस भएको र पत्नीसँग घरको चौघेराभित्र कैद भएर बस्न नसक्ने उनले भनाइ थियो ।
आफुले अब यसभन्दा धेरै पत्नीलाई सहन नसक्ने आफूलाई घरमा नजरबन्दको साटो जेलमा लैजान उनले प्रहरीसँग अनुरोध गरे । घरमा नजरबन्द भएर पत्नीसँगै बस्नुभन्दा जेलमै बस्नु उत्तम रहेको उनले पुलिससँग बताए । त्यसपछि पुलिसले उनलाई नजरबन्दबाट निकालेर जेलमा स्थानान्तरण गर्यो । उनी केही वर्षसम्म जेलमै रहनुपर्नेछ ।
प्रतिक्रिया 4