
१३ मंसिर, काठमाडौं । बलिउड अभिनेता अजय देवगणको नयाँ चलचित्रको नाम परिवर्तन गरिएको छ । चलचित्रका निर्देशक समेत रहेका अजयले इन्स्टाग्राममा चलचित्रको पोस्टर सार्वजनिक गर्दै ‘मेडे’को नाम परिवर्तन गरी ‘रनवे ३४’ राखिएको जानकारी दिएका छन् ।
‘रनवे ३४’मा अजयका साथै अभिताभ बच्चन र रकुल प्रीत सिंहको मुख्य भूमिका रहेको छ । चलचित्रको नाम परिवर्तन गरेसँगै प्रशंसकहरुले पनि यसको पक्ष र विपक्षमा प्रतिक्रिया दिएका छन् । कतिपयले सकारात्मक भनेका छन् भने कसैले नाम परिवर्तन नगरेको भएपनि हुने बताएका छन् ।
अजयले इन्स्टाग्राममा भनेका छन्, ‘मेडे अब रनवे ३४ भएको छ । यो सत्य घटनामा आधारित एक थ्रिलर चलचित्र हो ।’
चलचित्र आगामी वर्षको इद अर्थात् अप्रिल २९ मा रिलिज हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4