+
+

आगलागी पीडित परिवारलाई ललितपुर महानगरले १० लाख दिने

ललितपुर महानगरपालिकाले मंगलबजारमा म्हँ पूजाको दिन आगलागीमा परी मृत्यु तथा घाइते भएकाको परिवारलार्ई १० लाख रुपैयाँ दिने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २३ गते १३:१४

२३ मंसिर, ललितपुर। ललितपुर महानगरपालिकाले मंगलबजारमा म्हँ पूजाको दिन आगलागीमा परी मृत्यु तथा घाइते भएकाको परिवारलार्ई १० लाख रुपैयाँ दिने भएको छ ।

गत कात्तिक १९ गते म्ह पूजाको दिन दियोबाट सल्केर भएको आगलागीमा परी मंगलबजारका ६७ वर्षीय लक्ष्मीकृष्ण ताम्राकार, उनकी ३५ वर्षकी छोरी अञ्जना, ३५ वर्षकी बुहारी रचना र १० वर्षका नाती निर्जलको मृत्यु भएको थियो ।

महानगरीय विपद् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले प्रभावित परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको मेयर चिरिबाबु महर्जनले जानकारी दिए । बैठकले आगलागीमा परेर घाइते भएका सबैको औषधि उपचारको खर्च समेत महानगरले व्यहोर्ने निर्णय गरेको छ ।

‘त्यो क्षति अपुरणीय हो, त्यसमा हामीले सहयोग गरेर घाउमा मल्हम मात्रै लगाउन खोजेका हौं’ मेयर महर्जनले भने । आगलागीबाट करिब २० लाखको क्षति भएको अनुमान गरिएको छ । यसअघि आगलागी पीडित परिवारलाई महानगरको वडा नम्बर १२ को विपद् व्यवस्थापन समितिले एक लाख रुपैयाँ सहयोग गरेको थियो ।

उनले घरबारविहीन भएकालाई महानगर र वडाले गरेको सहयोग महल्म भएको बताए ।

आगलागीमा परेकामध्ये लक्ष्मीकृष्णका ४२ वर्षीय छोरा निरज ताम्राकार केही दिनको उपचारपछि घर फर्किएका छन् भने ३२ वर्षकी कान्छी छोरी सिर्जना ताम्राकार हालसम्म पनि उपचारकै क्रममा छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?