काठमाडौं । सिभिल बैंक लिमिटेडले शुक्रबारदेखि ३ अर्ब रुपेयाँ बरारबको ऋणपत्र बिक्री खुला गरेको छ ।
बैंकले एक विज्ञप्ति जारी गर्दै ‘सिभिल बैंक डिबेञ्चर २०८८’ सर्वसाधारणहरुका लागि विक्री खुल्ला गरेको जनाएको छ । बजारको चल्तीको भन्दा अधिकतम ब्याजदर १०.२५ प्रतिशत रहेको सिभिल बैंक डिबेन्चरको अवधि १० वर्ष रहेको छ ।
बैंकले प्रति डिबेन्चर एक हजार रुपैयाँ अंकित मूल्यका तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ । कुल डिवेन्चर मध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको ८ लाखकित्ता डिवेन्चर वभिन्न व्यक्तितथा संघ संस्थाहरुलाई व्यक्तिगत तवरबाट बिक्री गरिने छ । बाँकी रहेको १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाखकित्ता सर्वसाधारण नेपालीका लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने छ । सर्वसाधारणहरुले कम्तिमा २५ कित्तादेखि अधिकतम १२ लाखकित्तासम्म यस ऋणपत्र खरिद गर्न सक्नेछन् ।
नेपाल धितोपत्र बोर्डद्वारा स्वीकृत प्रदान गरिएको यस ऋणपत्रमा त्रैमाशिक रुपमा व्याज भुक्तानी गरिनेछ र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई किनबेच समेत गर्न सकिनेछ ।
सर्वसाधारणहरुले आफूले खरीद गर्न चाहेको ऋणपत्र सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु मार्फत दरखास्त फाराम प्राप्त गर्न र बुझाउन सक्ने बैंकले जनाएको छ ।
ऋणपत्रको निष्काशन मंसिर २४ गते खुल्ला भई छिटोमा मंसिर २८ गते तथा ढिलोमा पुस ९ गते बन्द हुनेछ ।
सामूहिक लगानी कोषको लागि छुट्टयाइएको ५ प्रतिशत डिबेन्चरको लागि २.३ गुणा बढी आवदेन प्राप्त भएको समेत बैंकले जनाएको छ ।
प्रतिक्रिया 4