+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

वैज्ञानिकले पत्ता लगाए भिमकाय ग्रह, बृहस्पतिभन्दा ११ गुणा ठूलो !

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते १४:०८

२६ मंसिर, काठमाडौं। वर्षौँदेखि संसारभरका वैज्ञानिक तथा खगोदविदहरुले अन्तरिक्षमा हुने गतिविधिहरुमाथि निगरानी गरिरहेका छन्।

कहिलेकाही अन्तरिक्षमा यस्ता दृश्यहरु पनि देखिन्छन् जसलाई देखेर वैज्ञानिकहरु पनि अचम्ममा पर्दछन् ।

हालै वैज्ञानिकहरुले ब्रम्हाण्डमा एक भिमकाय ग्रह पत्ता लगाएका छन्। उक्त नयाँ ग्रह हाम्रो सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह अर्थात् बृहस्पति भन्दा ११ गुणा ठूलो छ।

चिलीका वैज्ञानिकहरुले पत्ता लगाएको उक्त ग्रहले ब्रम्हाण्डमा दुईवटा चम्किला ताराहरुलाई परिक्रमा गरिरहेको छ । उक्त विशालकाय ग्रहको नाम बी सेन्चुरी राखिएको छ । यो ग्रह पृथ्वीभन्दा ३२५ प्रकाशवर्ष टाढा रहेको छ ।

चिलीको युरोपेली टेलिस्कोपको माध्यमबाट शोधकर्ता मार्कस जोनसन सहितको टिमले उक्त ग्रहको खोजी गरेको हो । पृथ्वीभन्दा ३२५ प्रकाशवर्ष टाढा रहेको यो ग्रह सुदूर अन्तरिक्षमा घुमिरहेको छ र ग्यासले भरिएको छ । यो ग्रहको परिक्रमा पथ बृहस्पति ग्रहभन्दा १ सय गुणा चौडा छ ।

सूर्यभन्दा तिनगुणा ठूलो ताराको नजिक ग्याँसीय ग्रह फेला परेको यो पहिलो पटक भएको वैज्ञानिकहरुले बताएका छन् ।

वैज्ञानिकहरुका अनुसार यो ग्रहले परिक्रमा गर्ने दुईवटा ताराहरुको नाम बी सेन्चुरी ए र बी सेन्चुरी बि वान हो । यी दुई तारालाई जोड्दा सूर्यभन्दा ६ देखि १० गुणासम्म ठूलो हुने वैज्ञानिकको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?