+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

वीरगञ्जबाट लागु औषधसहित ८० वर्षीय वृद्ध पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते १८:४३

२६ मंसिर, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ ।

भारत विहार जिल्ला मोतिहारी थाना रक्सौल वडा नं.११ मारवाडीटोल बस्ने ८० वर्षीय वृद्ध विजय कुमार कपुर पक्राउ परेका हुन् ।

आइतबार बिहान वीरगञ्ज महानगरपालिका वडा नं.२१ स्थित यस कार्यालय मातहत प्रहरी चौकी परवानीपुरबाट खटिएको चेकिङ टोलीले कपुरलाई पक्राउ गरेको हो।

चेकजाँचका क्रममा खैरो रंगको ब्ल्याङकेटको झोलाभित्र लुकाएर ल्याएको लागु औषध फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

उनको साथबाट प्रहरीले नुफ्रिन, डाइजीपाम र प्रोमिफाइजाम हाइड्रोक्लोराइड ५-५ सय एम्पुल गरी जम्मा १५०० एम्पुल बरामद गरेको प्रहरीले जनाएकोछ । उनलाई नियन्त्रणमा राखेर लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?